Home » World You are browsing entries filed in “World”

बेइजिङ सहरमा यसवर्ष वायु प्रदूषणको मात्रा घट्यो

बेइजिङ, २१ मङसिर  । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा कमी आएको देखिएको चिनियाँ अधिकारीले जनाएको […]

Posted in World | Read More »

रोहिङ्ग्यासम्बन्धी राष्ट्रसंघीय प्रस्ताव म्यानमारद्वारा अस्वीकार

याङ्गुन, २१ मङसिर  । म्यानमारका रोहिङ्ग्या समुदायका विषयमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिएको प्रस्तावको म्यानमारले विरोध गरेको छ । राष्ट्रसंघीय मानअवधिकार आयोगद्वारा प्रस्तुत प्रस्तावमा म्यानमारको सेनाले बलजफ्ती गरेर राखिज राज्यबाट रोहिङग््यालाई लखेटेको भनी प्रस्ताव गरिएको छ । सेनाले नागरिकलाई कारबाहीका नाममा तर्साएको, जसका कारण उनीहरु देश छोडेर भाग्नुपर्ने स्थिति आउदा पनि सरकारले उनीलाई रोक्नका लागि कुनै […]

Posted in World | Read More »

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सर्वाेच्चद्वारा सदर

वासिङटन, १९ मङसिर ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि ब्यापक मात्रामा विरोध भएको थियो । उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यस अघिको अदालतले दिएको […]

Posted in World | Read More »

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, १९ मङसिर  । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । उत्तर कोरियाले सो सैन्य […]

Posted in World | Read More »

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ । यस हवाई सैन्य अभ्यासको उत्तर […]

Posted in World | Read More »

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १८ मङसिर  । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उहाँले बताउनु भएको समाचारमा जनाइएको छ । गुथ्रेसले केही दिनयता देखि सशस्त्र द्वन्द्व जारीराखेका सवै पार्टीहरुलाई सो आग्रह गर्नुभएको उहाँका प्रवक्ता […]

Posted in World | Read More »

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि

हाउसटन, १६ मङसिर  । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको […]

Posted in Main News,World | Read More »

आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु, सयजना बेपत्ता

नयाँ दिल्ली, १५ मङसिर  । भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको बताइएको छ । सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । हराउने अधिकांश नागरिक माछामार्न […]

Posted in World | Read More »

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

टोकियो, १५ मङसिर  । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गर्नुभएको समाचार छ । सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गर्नुभएको हो । उहाँले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गर्नुभएको जानकारी शुक्रबार दिनुभएको समाचारमा जनाइएको छ । जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा […]

Posted in World | Read More »

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्नसक्ने

याङगोन, १२ मङसिर (रासस÷एएफपी) सोमबार म्यानमार पुग्नुभएका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको आलोचना भइरहेको समयमा सुरु भएको यो पोपको भ्रमणलाई महत्वका साथ पनि हेरिएको छ । म्यानमारमा गएको अगष्ट २५ देखि सुरु भएको […]

Posted in World | Read More »

Loading...

Recent Comments

Loading...