Home » Sports You are browsing entries filed in “Sports”

एसीसी यू–१९ एसिया कप : नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

काठमाडाँै, २८ कात्तिक  । मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । […]

Posted in Main News,Sports | Read More »

झुम्कामा हुँदै रामधुनी मेयरकप फुटबल प्रतियोगिता

पुर्वको मुटु इटहरीको छिमेकी नगर रामधुनी नगरपालिकामा रामधुनी मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रामधुनी युवा क्लबले कर्तिक १५ गते पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता मंसिर २ बाट सुरु हुने कुरा जानकारी गराएको छ । जम्मा८ क्लबले सहभागिता जनाउने उक्त प्रतियोगिता झुम्कास्थित पिप्राहा खेलमैदानमा हुने हुने आयोजक टिमले बताएको । पत्रकार सम्मेलनमा बोल्दै […]

Posted in Sports | Read More »

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

नवलपरासी १९ कात्तिक  । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेको हुन् । खेलमा प्रथम हुने विजेताले क्रमश रु ६ हजार नगदसहित […]

Posted in News,Sports | Read More »

टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

काठमाडौँ, १६ कात्तिक  । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट […]

Posted in Sports | Read More »

एएफसी अण्डर नाईन्टिन फुटबलमा नेपालले बहराईनको सामना गर्दै

काठमाडौ । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनको सामना गर्दैछ । पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २–० ले पराजित नेपाल आजको खेल जित्ने प्रयासमा हुनेछ । तर बहराईन विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ । समूह ‘ए’ […]

Posted in Sports | Read More »

वीरगन्ज युथ क्लब विजयी

नवलपरासी, नवलपरासीमा जारी काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबलअन्तर्गत आजको खेलमा वीरगन्ज युथ क्लब विजयी भएको छ । मध्यबिन्दु–४ कोल्हुवाको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलअन्तर्गत अग्नि रुपन्देही–११ लाई २–१ गोलले पराजित गर्दै वीरगन्ज विजयी भएको हो । अग्नि रुपन्देही ११ का लागि निरज बस्नेतले खेलको १३ औं मिनेटमा […]

Posted in Sports | Read More »

१९ वर्षमूनिको एशिया कपका लागि नेपाली टोलिको घोषणा, आज बंगलादेश जाने

काठमाडौ,१३ कात्तिक । मलेसियामा हुने एसिसी १९ वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट सुरु हुने प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । नेपाली युवा टोली आज बंगलादेश प्रस्थान गर्नेछ । प्रशिक्षक विनोद दास र एसिसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी […]

Posted in Main News,Sports | Read More »

राइनो संरक्षण गोल्डकप आजदेखि

नवलपरासी, १३ कात्तिक  । मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ […]

Posted in Sports | Read More »

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक १७ देखि

नुवाकोट, १३ कात्तिक  । यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, […]

Posted in Sports | Read More »

थाइल्यान्डमा नेपाल तेक्वान्दोलाई ९ स्वर्ण

काठमाडौं । थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिमले ६ स्वर्ण,६रजत र ९ कांस्यगरी कुल २१ पदक जितेको छ । थाइल्यान्डको बैकंकमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरि कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली,रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए । फाइनलमा अजितले […]

Posted in Sports | Read More »

Loading...

Recent Comments

Loading...