Home » Sports You are browsing entries filed in “Sports”

एसियन खेलका लागि ४६२ वटा इभेन्ट सञ्चालन गरिने

काठमाडौँ, १४ मंसिर  । नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा नेपालमा हुने एसियन खेलका लागि समग्रमा ४६२ वटा इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विभिन्न ४० खेलका लागि ती इभेन्ट देशका विभिन्न स्थानमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले आगामी अगष्ट १८ देखि सेप्टेम्बर […]

Posted in Sports | Read More »

नेपालद्वारा चीन पचास रनले पराजित

काठमाडौँ, १० मंसिर  । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका […]

Posted in Main News,Sports | Read More »

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ, ७ मंसिर  । पाँचौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशत्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । भद्रकालीस्थित आर्मी हेडक्वाटरको खेल मैदानमा आज भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै उपाधिमाथि हात पारेका हुन् । एपिएफको जितमा सावित्रा भण्डारी, रेणुका नगरकोटी र सजना रानाले गोल गरे । भण्डारीले […]

Posted in Sports | Read More »

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी विजयी

काठमाडौँ, ७ मंसिर  । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ को विजेता टोली सशस्त्र प्रहरी महिला फुटबल टोलीलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुने उक्त टोलीललाई ट्रफी, मेडल र रु तीन लाख प्रदान गरिएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब महिला फुटबल टोली र सशस्त्र प्रहरी महिला […]

Posted in Sports | Read More »

आइसिसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे

काठमाडौँ, ५ मंसिर  ।  थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । नेपालले लगातार दोस्रो पटक अंक बाडेको हो । यसअघि हिजो […]

Posted in Main News,Sports | Read More »

नेपाललाई स्वर्ण पदक

काठमाडौँ, २ मंसिर  । अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण […]

Posted in Sports | Read More »

नेपाल अफगानिस्तानसँग पराजित

काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई जितका लागि १० रन […]

Posted in Main News,Sports | Read More »

निर्वाचनमा खेलकुद पदाधिकारीदेखि ओलम्पियनसम्म

काठमाडौँ, ३० कात्तिक  । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उहाँ काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । विसं […]

Posted in Main News,Sports | Read More »

सुमन गोल्डकप फुटबल पुसमा हुने

काठमाडौँ, २९ कात्तिक  । सुमन भोम्जन मेमोरियल स्मृति हेटौँडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आगामी पुसमा हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म हेटाँैंडामा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका […]

Posted in Sports | Read More »

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास

काठमाडौँ, २८ कात्तिक  । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो । यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ […]

Posted in Main News,Sports | Read More »

Loading...

Recent Comments

Loading...