Home » Sports Feature You are browsing entries filed in “Sports Feature”

नेपाल ७ विकेटले पराजित

काठमाडौँ, २० मंसिर  । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग […]

Posted in Sports Feature | Read More »

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

पोखरा, १७ मंसिर  । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, […]

Posted in Sports Feature | Read More »

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ मंसिर  । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । […]

Posted in Sports Feature | Read More »

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर  । विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल […]

Posted in Sports Feature | Read More »

नेपाल युएईसँग पाँच रनले पराजित

काठमाडौँ, ७ मंसिर  । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो […]

Posted in Sports Feature | Read More »

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्ने

काठमाडौँ, ३० कात्तिक  ।  एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ […]

Posted in Sports Feature | Read More »

समूह उपविजेता बन्दै नेपाल पहिलो पटक सेमिफाइनलमा

काठमाडौँ, २८ कात्तिक ।  नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र […]

Posted in Sports Feature | Read More »

चारपटकको विश्वविजेता इटाली विश्वकप फुटवलमा छनौट हुन सकेन

काठमाडौ । चारपटकसम्म विश्वकप फुटवलको उपाधी हात पारेको इटाली सन् २०१८ को विश्वकप फुटवलमा सहभागी नहुने भएको छ । विश्वकप फुटवलको लागी गएराती भएको छनौट खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि विश्वकपको यात्रा तय गर्नबाट इटाली चुकेको हो । विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफअन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा इटाली रोकिएको हो । सन् १९३४, […]

Posted in Main News,Sports Feature | Read More »

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने

काठमाडौँ, २७ कात्तिक  । एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको आज यहाँ […]

Posted in Sports Feature | Read More »

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा भारत १९ रनले पराजित

काठमाडौँ, २६ कात्तिक  । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा […]

Posted in Main News,Sports Feature | Read More »

Loading...

Recent Comments

Loading...