Home » News You are browsing entries filed in “News”

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर  । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवैे तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको […]

Posted in News | Read More »

महोत्तरी ३ बाट राजपाका संयोजक ठाकुर विजयी

महोत्तरी, २४ मंसिर  । महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अत्यधिक मतान्तरले विजयी हुुनुभएको छ । ठाकुरले २७ हजार ५ मत ल्याई विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय चौधरीले आठ हजार ६७७ मत प्राप्त गर्नुभयो । रासस

Posted in Main News,News | Read More »

बर्दियामा काँग्रेसका गौतम विजयी, एमाले नेता बामदेव पराजित

नेपालगन्ज, २४ मंसिर  । बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नुभएको छ । विजयी गौतमलाई मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

Posted in Main News,News | Read More »

काँग्रेसका वरिष्ठ नेता पौडेल पराजित, नेकपा (एमाले)का किसान विजयी

दमौली, तनहुँ, २४ मंसिर  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट पराजित हुनुभएको छ । पौडेल छ हजार ८०२ मतान्तरले पराजित हुनुभएको छ । सो क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ (किसान) ३४ हजार ४९२ मत प्राप्त गरी विजयी हुनु भएको छ । काँग्रेसका वरिष्ठ नेता पौडेलले २७ […]

Posted in Main News,News | Read More »

काठमाडौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

काठमाडौँ, २२ मंसिर  । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिनुभएको छ । प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । […]

Posted in News | Read More »

बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन

बागलुङ, २२ मंसिर  । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहनुभएको छ । पाठकले १४ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने खड्काले ९ हजार […]

Posted in News | Read More »

दोलखामा ५.२ रिक्टरको परकम्प

काठमाडौँ, २२ मंसिर  । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ । आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिनुभयो । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको जनाइएको छ । वैशाख […]

Posted in Main News,News | Read More »

चितवनमा आज ९ बजेपछि मतगणना

चितवन २२ मंसिर  । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि शुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो । चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो । उहाँका […]

Posted in Main News,News | Read More »

दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने

सिन्धुली, २२ मंसिर  । सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ । हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो । बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका बोकी ल्याउँदै गरेको गाडी लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए । कच्ची ग्रामीण सडक र रातिको यात्रामा […]

Posted in News | Read More »

दुर्घटनामा एकको मृत्यु, चार घाइते

लमजुङ, २२ मंसिर  । सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको […]

Posted in News | Read More »

Loading...

Recent Comments

Loading...