Home » News You are browsing entries filed in “News”

छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति

राजविराज, २६ मंसिर  । सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको […]

Posted in Main News,News | Read More »

प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

बैतडी, २६ मंसिर  । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने […]

Posted in Main News,News | Read More »

कञ्चनपुर– ३मा डा भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

कञ्चनपुर, २६ मंसिर  । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ । यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका […]

Posted in Main News,News | Read More »

अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

काठमाडौँ, २५ मंसिर  । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको […]

Posted in Finance,Main News,News | Read More »

विजयी -यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट, २५ मंसिर  । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ […]

Posted in Main News,News | Read More »

काँग्रेसका डा खड्का विजयी

उदयपुर, २५ मंसिर  । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई […]

Posted in Main News,News | Read More »

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी, सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

इनरुवा, २५ मंसिर  । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । […]

Posted in Main News,News | Read More »

सल्यानमा वाम गठबन्धनको जित

सल्यान, २५ मंसिर  । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत […]

Posted in Main News,News | Read More »

चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी, मतअन्तर बढाउँदै दाहाल 

चितवन, २५ मंसिर  । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गर्नुभएको छ । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई […]

Posted in Main News,News | Read More »

काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी

बनेपा, २५ मंसिर (रासस) ः काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत […]

Posted in Main News,News | Read More »

Loading...

Recent Comments

Loading...