Home » Main News You are browsing entries filed in “Main News”

छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति

राजविराज, २६ मंसिर  । सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको […]

Posted in Main News,News | Read More »

प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

बैतडी, २६ मंसिर  । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने […]

Posted in Main News,News | Read More »

अर्घाखाँची प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विजयी

अर्घाखाँची, २६ मंसिर  । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गर्नुभएको छ । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जित्नुभएको छ । प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट […]

Posted in Main News | Read More »

हालसम्म १५७ सिटको नतिजा सार्वजनिक

काठमाडौँ, २६ मंसिर  । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय […]

Posted in Breaking News,Main News | Read More »

कञ्चनपुर– ३मा डा भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

कञ्चनपुर, २६ मंसिर  । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ । यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका […]

Posted in Main News,News | Read More »

सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर, २५ मंसिर  । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आउनुभएको छ । आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वाेच्च अदालतको ढोका ढक्ढक्याउन पुग्नुभएका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गर्नुभएको छ । सिलवालको मुद्दामा […]

Posted in Main News | Read More »

अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

काठमाडौँ, २५ मंसिर  । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको […]

Posted in Finance,Main News,News | Read More »

विजयी -यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट, २५ मंसिर  । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ […]

Posted in Main News,News | Read More »

काँग्रेसका डा खड्का विजयी

उदयपुर, २५ मंसिर  । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई […]

Posted in Main News,News | Read More »

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी, सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

इनरुवा, २५ मंसिर  । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । […]

Posted in Main News,News | Read More »

Loading...

Recent Comments

Loading...