Home » Finance You are browsing entries filed in “Finance”

अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

काठमाडौँ, २५ मंसिर  । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको […]

Posted in Finance,Main News,News | Read More »

चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते

पोखरा, १६ मंसिर  । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चौथो पर्वतीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो । साहसिक खेल चट्टानारोहणलगायत छेलो, धनुषबाण, […]

Posted in Finance | Read More »

विदेशबाट फर्केका कामदारलाई तालीम

काठमाडौँ, ८ मंसिर  । विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको व्यवस्थापनमा उक्त तालीम प्रदान गरिएको हो । झापाको दमक र मोरङको राधानगरमा कात्तिक ३० गतेदेखि सञ्चालन भएको सो तालीममा इलेक्ट्रिसियनतर्फ १६ र […]

Posted in Finance | Read More »

दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक

काठमाडौँ, ५ मंसिर  । दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वय गर्दै काम गर्नुपर्नेमा सम्बन्धीत संस्थाका प्रतिनिधिले जोड दिनु भएको छ । सन् २०३० सम्म विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी आर्थिक समृद्धि गर्ने महत्वकांक्षा बोकेको सो लक्ष्यलाई सन् २०१५ मा सम्पन्न राष्ट्र संघीय साधारणसभाले पारित गरेको थियो । सन् २०१६ बाट कार्यान्वयनमा […]

Posted in Finance,Main News | Read More »

नेपाल सदस्यमा निर्वाचित

काठमाडौँ, १ मंसिर  । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो । मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म भएको ग्लोबल कँग्रेसको (आइसिए) को साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल निर्वाचित हुनुभएको हो । पूर्व सांसद मल्ल […]

Posted in Finance | Read More »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक  । पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । चितवनस्थित बाराही जंगल लजले दक्षिण एशियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ (साटा) जितेको हो । सो संस्थाले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ होटल÷रिसोर्ट, लिडिङ इको होटल÷रिसोर्ट, लिडिङ लक्जरी होटल, रिसोर्टसमेत गरी तीन विधाका […]

Posted in Finance | Read More »

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

काठमाडौँ, २८ कात्तिक  । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, […]

Posted in Finance,Main News | Read More »

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

सुरुङ्गा, झापा, २७ कात्तिक  । “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।” एक दसक […]

Posted in Finance | Read More »

‘एक क्षेत्र : एक मार्ग’ को अवधारणाबारे छलफल

काठमाडौँ, २७ कात्तिक ।  चीन सरकारले अघि सारेको ‘एक क्षेत्र ः एक मार्ग’ अवधारणाले यसमा संलग्न नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् । नेपाल–चीन मैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक कार्यशालाका सहभागीले एक क्षेत्र र एक मार्गबाट भौतिक पूर्वाधारको क्षेत्रमा सबैलाई लाभ हुनेमा जोड दिएका हुन् […]

Posted in Finance,Main News | Read More »

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट, १९ कात्तिक  । नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक […]

Posted in Finance | Read More »

Loading...

Recent Comments

Loading...