Home » Diaspora You are browsing entries filed in “Diaspora”

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ l   उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको हो l यो प्रतिष्ठित मान्यताले विश्वको सबैभन्दा सफल युवा ,प्रतिबद्धताका नेता र सामाजिक उद्यमीहरूको कार्यमा […]

Posted in Diaspora | Read More »

न्युयोर्कका राजन थपलियाको २०१८ मा आउने उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित  

न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको सत प्रतिसत जीवन ( 100 ०/० Life )को अधिकतम सफलता पछि अर्को अग्रेजी उपन्यास  “फिफ्टी फाइव ईयर्स ” को सारांश सार्बजनिक भएको छ l    उनको अघिल्लो पुस्तक 100 ०/० Life बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो l उनि लेखक भन्दा पाठक भन्न आफुलाई […]

Posted in Diaspora | Read More »

सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं : मगर संघ यूके

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् । आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले […]

Posted in Diaspora | Read More »

अमेरिकामा नेपाली मूलका एक मात्र भारत्तोलक रुप कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त

नेपाली मूलका एक मात्र तथा प्रथम भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् l    नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए l विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरुको आशिर्बाद लिएर आएको छु र […]

Posted in Diaspora | Read More »

अमेरिकाबाट कांग्रेस नेतृत्वमा पहिलो प्रतिनिधित्व आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित

नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई गत कार्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् l     ‘सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ,यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको […]

Posted in Diaspora | Read More »

नेवा:जागरण मंच जापानले क्योटोमा परिचयात्मक भेटघाट कार्यक्रम गर्ने

जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरु बीच परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना हुने भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको संयोजन र नेवा:जागरण मंच जापानको आयोजनामामा हुने उक्त कार्यक्रम यहि नोवेम्बर १५ तारेखमा क्योटोमा हुनेछ l नेपालका विभिन्न जिल्लाहरुबाट जापानको कान्साई क्षेत्रमा आइ बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न […]

Posted in Diaspora | Read More »

गैरआवासीय नेपाली संघ वेल्जियमद्वारा सहयोग हस्तान्तरण

आज सन् १३ नोभेम्वर २०१७ का दिन गैरआवासीय नेपाली संघ वेल्जियम (२०१५-०१७) कार्यकालले संकलन गरेको रु. ४ लाख रकम गैरआवासीय नेपाली संघ वेल्जियमका निवर्तामान अध्यक्ष गंगाधर गौंतमले सुर्खेत गुर्वाकोट नगरपालिका १३ का दिपा रानालाई कृत्रीम खुट्टा खरिदको लागि सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो।  यसै कार्यक्रम वीच जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो संस्थाको तर्फबाट […]

Posted in Diaspora | Read More »

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा एक सय बढीको मृत्यु

इराक । इरान र इराकको सीमा क्षेत्रमागएको शक्तिशालीभूकम्पमा परी कम्तिमा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । इराकको कुर्दशहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं […]

Posted in Diaspora,Main News | Read More »

कानुनी सहयता नेपालीको खोजी गर्दै एनआरएन लिगल डिफेन्स फाउण्डेशन

न्यूयोर्क, कानुनी सहयता नपाएर बिदेशमा दुख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो कामको शुरु गरेको छ । केहि दिन पहिला काठमाडौंमा एक बिषेश कार्यक्रमका बिच शुरु भएको फाउण्डेशनले कानुनी सहयता नपाएका मध्यपुर्व क्षेत्रका नेपालीहरुलाई सहयोगको आब्हान गरेर आफ्नो कामको शुरु गरेको हो ।    फाउण्डेशनका प्रमुख संरक्षक तथा बरिष्ठ अधिवक्ता […]

Posted in Diaspora | Read More »

मनु नेम्बाङ् र तारा थेबेलाई बेलायत बाट सम्मान तथा बिदाई 

केन्ट, वेलायत गत ११ नोवेम्बर २०१७ को दिन बेलायतको साइमन चर्चको सभाहल, आशफोर्डमा सांङ्गेतिक यात्रामा आएका मनु नेम्बाङ् र तारा थेबे लाई  सम्योजक समतिले“सांगेतिक यात्रा २०१७” को अन्तिम कार्यक्रम गरी सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । सम्योजक प्रमुख डम्मर सिङ्गकको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कि या चु यूके केन्द्रिय कमिटिका अध्यक्ष दिलसिङ् मेन्याङबो, विषेशअतिथिहरुमा झुमा वनेम लिम्बु, भास्कर तितुङ्, र अन्य अतिथिहरुमाः अतिथि गायक सुजन तिगेला, सिरि साम्यो, भरतमणी चोङ्बाङ्, दुर्गा पाङ्मा, लोकेन्द्रतवेबुङ्, बिस्वाश दीप तिगेला, टङ्क याङ्देन, कर्ण प्रामदेन, मुक्ति सेरेङ्, मोहनसिङ् मास्वा, जानु लिङ्देन, बिसि राई, स्वप्निल लिम्बू लगायत केन्टवासी विभिन्नसङ्घ संस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको पहिलो सत्र सम्मान कार्यक्रममा कि या चु आशफोर्ड शाखा, सेवारो कलाकार संङ्घ, कि या चु केन्टबरी शाखा, कि या चु फक्स्टन शाखा, कि या चुरसमोर शाखा, कि या चु वेस्ट केन्ट शाखा, ई–मेडिया हब, र लिम्बुवान नागरीक समाजले मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलालाई सम्मानगरेका थिए । यस्का साथै चुम्लुङ् हिम खरिदका लागी बिर बहादुर हुक्पा चोङ्बाङ्ले चार हजार सात पाउण्ड र युबराज ईस्बोले तिन हजार पाँच सय पचतहर पाउण्डसहयोग गरि उदाहणिय कार्य गर्नु भएकोले वहाहरुलाई पनि विशेष सम्मान गरिएको हो । कि या चु यूके केन्द्रिय कमिटिको विषेश आब्हानमा सम्योजक प्रमुख डम्मर सिङ्गक रहेको उक्त सांगेतिक यात्रामा अन्य सम्योजक कमिटिहरुमा क्रमशः सकुननेम्बाङ्, सुबर्ण नेम्बाङ्, तेज मेन्याङ्बो, आशराज बोखिम, नगेन्द्र नेम्बाङ् र  पुर्ण सावदेन रहेका थिए । कार्यक्रमको दोस्रो सत्र सांङ्गेतिक कार्यक्रममा सम्मानित ब्याक्तित्वहरु मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलाले करिब ३ घण्टा सम्म लिम्बु गीतर नेपाली गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भावुक बनाउदै र अन्त्यमा भरपुर नचाएर सांङ्गेतिक कार्यक्रम सकिएको थियो । प्रमुख अतिथि दिलसिङ् मेन्याङबोले हामी जता रहे पनि हाम्रो संस्कार, संस्कृति भाषा तथा गीत संगितलाई जीवन्त राख्न हामी सबै एक भएर एकैसाथ लागी परेमात्र हाम्रा भावि पुस्ताहरुलाई हस्तान्तरण गर्न सकिने र यसरी नेपालबाट बेलायत आएर सहयोग गरीदिने सम्पुर्ण कलाकारहरुलाई धन्यवाद तथा आभार रसम्योजक टिमलाई केन्द्रको यो अनुरोधलाई सहर्स स्विकारी सफल बनाई दिएकोमा टिमलाई पनि धन्यवाद दिनुभयो । साँझ ६ बजेबाट शुरु भएर मध्यरातको १२ बजे सम्म चलेको उक्त कार्यक्रमका सभाध्यक्ष डम्मर सिङ्गकले स्पोन्सर सहयोग गर्नुहुने र सहभागी सम्पूर्णलाईधन्यवाद दिदै कार्यक्रम विषर्जन गरे । कार्यक्रमलाई अमित थेबे र सकुन लिम्बुले संञ्यूक्त रुपमा सञ्चालन गरेका थिए । सुरेन्द्र इङ्नाम

Posted in Diaspora | Read More »

Loading...

Recent Comments

Loading...