Home » साहित्य/कला You are browsing entries filed in “साहित्य/कला”

झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा बिज्ञप्ति जारि गर्दै सार्वजनिक गरेको […]

Posted in साहित्य/कला | Read More »

अन्तर्राष्ट्रिय दर्शन दिवसमा दर्शन विमर्श

काठमाडौ । बिहीवार राजधानीमा दर्शन सम्बन्धि विद्वान एवं दर्शनप्रेमीहरूबिच विमर्श गरियो । अन्तर्राष्ट्रिय दर्शन दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शन विभाग र युनेस्को काठमाडौँद्वारा संयुक्त रूपमा आयोजित दर्शन गोष्ठीमा यसरी विमर्श गरिएको हो । युनेस्कोसँगको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानले दुई वर्षदेखि निरन्तर दर्शन गोष्ठी गर्दै आएको छ । हरेक वर्ष फरक फरक नाराका साथ अन्तर्राष्ट्रिय दर्शन दिवस […]

Posted in साहित्य/कला | Read More »

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार घोषणा, आचार्यलाई सम्मान, वललाई पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । शनिबार बेलायतको हाईवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा स्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा बीस हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने […]

Posted in साहित्य/कला | Read More »

गोवर्धन पूजालाई “राजमित्र स्मृति प्रज्ञा पुरस्कार”

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको पहलमा साहित्यकार सुशील नेपालले आफ्ना मातापिताको नाममा स्थापना गर्नु भएको “राजमित्र स्मृति प्रज्ञा पुरस्कार” यसपटक साहित्यकार गोवर्धन पूजालाई प्रदान गरिने भएको छ | अमेरिकी डलर दुई सय पचास नगद सहित सम्मान पत्र रहेको उक्त पुरस्कार अमेरिकाको बोष्टन लाई कार्य क्षेत्र बनाई साहित्यिक सिर्जना गर्ने र सिर्जना गर्न उत्प्रेरित गर्ने […]

Posted in Diaspora,साहित्य/कला | Read More »

कवित्व प्रतिभारूपी ‘लता–वनस्पति’ को विविधता (रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण)

कवित्व प्रतिभारूपी ‘लता–वनस्पति’ को विविधता (रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण)विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथ संस्कृति केन्द्रको संयुक्त आयोजनामा गतः १३ अक्टोबर २०१७(शुक्रवार) का दिन काठमाडौंमा आयोजित समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीज्यूले रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को विमोचन कार्यक्रमको सराहना गर्दैे […]

Posted in Diaspora,साहित्य/कला | Read More »

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

मेरिल्याण्ड । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका […]

Posted in साहित्य/कला | Read More »

‘कविताले पाठकको दिमागलाई झङ्कृत पार्न सकोस्’

काठमाडौँ, ११ कात्तिक  । राष्ट्रिय जनसांस्कृतिक महासंघको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४१औँ शृङ्खलामा कवि राममणि ढुङ्गेलले आशावादी दृष्टिकोणका १२ कविता वाचन गर्नुभएको छ । कवि ढुंगेलले ‘बाइनाकुलर’, ‘हात्तीआतंक’, ‘भालुपुराण’, ‘अन्तिम सत्य’, ‘चिप्लेटी डाँडो’, र ‘आगोभित्र आकाश’ शीर्षकका विभिन्न कालखण्डमा रचना गरिएका वैचारिक कविता वाचन गर्नुभयो । त्यसैगरी वाचन सहयोगी कवि […]

Posted in साहित्य/कला | Read More »

‘नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका’

काठमाडौँ, २७ असोज  । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा आज यहाँ आयोजित ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था विषयक काव्य विमर्श तथा विशेष गोष्ठी’मा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । साहित्यकार एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी […]

Posted in Main News,साहित्य/कला | Read More »

लाइफटाइम अचिभमेन्ट अवार्ड जंगमलाई

काठमाडौँ, २६ असोज  । यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ । इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो सम्मान इमेज अवार्डको १९ औँ संस्करण शुक्रबार आयोजना गरिँदै छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका लागि […]

Posted in साहित्य/कला | Read More »

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकविलाई

धनगढी, २६ असोज  । महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले का अध्यक्ष पदमराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उहाँको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताउनुभयो । प्रा डा रामचन्द्र भट्टको […]

Posted in साहित्य/कला | Read More »

Loading...

Recent Comments

Loading...