माइतिको आगँनीमा…  जुनु र सारिका (भिडियो सहित)

नेपाली महिलाको महान् पर्वको उपमा पाएको पर्व हरितालिका तीजको अर्को पाटो भनेको तीजको गीत सङ्गीत हो । यसै मेसोमा विभिन्न गायक गायिकाहरुले यतिवेला तीज गीत सार्वजनिक गरिरहेका छन् । यस्तैमा गायिका जुनु गौतमले ‘माइतिको आँगनमा…’ लिएर आएकी छन् । गीतको भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै गायिका जुनु गौतमको अभिनय रहेको यस गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । शिव ढकालको छायाँकन, तारा थापाको सम्पादन रहेको भिडियोलाई विनोद विष्टले निर्देशन गरेका छन ।

गोविन्दप्रसाद उपाध्यायको शब्द सृजना रहेको छ भने अनिश श्रेष्ठको सङ्गीत रहेको छ । गायिका गौतमको केहि समय अघि ‘अर्को जन्म होला नहोला’ गीति एल्वम सार्वजनिक भएको थियो ।

थुप्रै चलचित्रबाट दर्शकको मन जितेकी नायिका पछिल्लो समयमा म्युजिक भिडियोमा पनि ब्यस्त रहेकी छन् । तीज गीत भने उनको पहिलो हो । ‘मेरो तीज गीत पहिलो हो, हामी सबैले निक्कै मिहिनेत गरेका छौ, एउटा राम्रो तीज गीत बनेको छ, यसले दर्शक–स्रोताको साथ पाउनेमा आशावादी छौ’, सारिकाले भनिन् ।

यसमा तपाइको मत

Loading...