एमाले युवा नेता भट्टराई कतारमा

दोहा l ने.क.पा. (एमाले) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई आज बिहानको फ्लाइटबाट कतारको दोहामा आई पुगेका छन् l

नेता भट्टराई  प्रवासी नेपाली मञ्च वेलायतको अधिवेसन सकेर जुलाई ११ तारिख बिहान कतार आई पुगेका  हुन् l उनको कतारमा ३ दिनको बसाई रहने प्रवासी मंच कतारका अध्यक्ष पोखरेलले जानकारी दिए l

मंचले १३ जुलाईका दिन आफु निकटका सम्पूर्ण विभागहरुलाई सुचित गर्दै भेटघाट कार्यक्रम समेत राखेको छ l सो भेटघाट कार्यक्रम दोहा स्थित ढाका रेस्टुरेन्टको सभाहलमा बेलुका ७ बजे देखि सुरु हुने भएको छ l

भ्रमणका क्रममा नेता भट्टराईले  कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने कार्यक्रम समेत रहेको  छ l सोहि कार्यक्रममा नेता भट्टराईले  आफ्नो कतार वसाईलाई उपलव्धी मुलक बनाउदै संगठित सदस्यहरुलाई प्रशिक्षण समेत दिने छन् l

यसै अबसरको सदुपयोग गर्नका लागी मञ्चका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय कमिटी सदस्य,  निवर्तमान कमिटीका पदाधिकारी र सदस्यहरु, निवर्तमान सल्लाहकार परिषदका पदाधिकारी र सदस्यहरु,  ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, संगठित सदस्य तथा मञ्चसंग अबद्दा सम्पूर्ण सदस्यहरुलाई समयमा उपस्थित हुनको लागि मंचले हार्दिक अनुरोध गरेको छ l

दिल कुमार श्रेष्ठ

यसमा तपाइको मत

Loading...