चरीले पियर होनी बरी लै

हिन्दु नेपाली महिलाहरुको महान चाड तीजलाई लक्षित गरेर गायिका सुनिता लामिछानेको तिजगीत “चरीले पियर होनी बरी लै” बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । टीका क्षेत्रीको शब्द तथा संगीतमा तयार उक्त गीत सुन्दर लामाको एरेन्जमेन्टमा तयार भएको हो भने तराना रेकर्डिङ स्टुडयोमा उक्त गीत रेकर्ड गरिएको हो । पुरानो तिजभाकाहरु लोप गईरहेको अवस्थामा यस गीतले भने पुरानो स्वाद दिएको छ ।

यसमा तपाइको मत

Loading...