भाजपा नेताले गुडिरहेको बसमा यात्रुहरुकै सामु यौन सम्बन्ध कायम गरेपछि भिडियो भाइरल

भारतको महाराष्ट्रको चिढचिरोली जिल्लामा एउटा निर्क शर्मनाक घटना सार्वजनिक भएको छ । घटनाअनुसार एक जना भारतीय जनता पार्टीका नेताले गुडिरहेको बसमा एउटी युवतीसँग यौन सम्पर्क गरेको आरोप लागेको छ। यो घटनाको भिडियोसमेत सार्वजनिक भएको छ।
यद्यपि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो वास्तविक हो होइन भन्ने पुष्टि भइसकेको छैन । घटना गढचिरौली जिल्लाको चन्द्रपुर क्षेत्रको हो । पीडित युवतीले भाजपा नेता रवीन्द्र बावनथडेले रोजगारी र विवाहको प्रलोभन देखाएर उनीमाथि यौन उत्पीडन भएको बताएकी छन् । यो पुरै घटनाको बसमा लगाइएको सीसीटीभीमा रेकर्डसमेत भएको पाइएको छ।
भिडियोमा जो देखिएको छ, त्यसअनुसार भाजपा नेताले अत्यन्तै लाज पनि नमानी अन्य यात्रीकै सामु खुलेआम महिलासँग शारीरिक सम्बन्ध बनाइरहेको देखिएको छ। युवतीले यस विषयमा नेता रवीन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।
घटनापछि रविन्द्र फरार रहेको बताइएको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । एजेन्सी

यसमा तपाइको मत

Loading...