प्रेमी जोडीका लागि सरकारले नै होटलको व्यवस्था गर्ने

क्युवाको राजधानी हवानामा प्रशासनका अनुसार प्रेमी जोडीलाई केही घण्टाका लागि होटलका कोठा भाडामा उपलव्ध गराउने व्यवस्था पुनः सुरु गरिएको छ।
यी लभ होटल सरकारले नै चलाउने गरेको थियो । सन् १९९० को दशकमा जब क्युबामा आर्थिक संकटमा फस्यो तब यस्ता होटलहरुलाई सामुद्रिक तुफानबाट बचाउनका लागि आश्रयस्थलमा रुपान्तरण गरिएको थियो ।
सरकारी होटल बन्द भए पनि निजी घर मालिकहरुले प्रेमी जोडीको आवश्यकता पूरा गर्दै आएका थिए । तर, उनीहरुले रकम भने बढी लिने गरेका थिए ।
क्युवामा यस्ता होटलहरुलाई पोसारस भन्ने गरिन्छ ।अब भने सरकारले सस्तोमा होटलका कोठा उपलव्ध गराउने भएको छ । सरकारले प्रेमी जोडीहरुले सम्बन्ध स्थापित गर्न समस्या नपरोस भन्ने उद्देश्यले यस्ता होटल पुनः संचालनमा ल्याउन लागेको हो ।
सामान्यतः सरकारी व्यवस्था अनुसार छुट्टै जुन कोठा पाइने गर्दथ्यो, त्यसमा एसी, एउटा फ्रिज र आरामदायी ओछ्यान उपलव्ध गराइथ्यो । यो कोठाको तीन घण्टाका लागि पाँच डलर तिर्नु पर्दथ्यो । तर, क्युवाका नागरिकका लागि यो महंगो थियो । यो क्युवाका नागरिकको औषतः पारिश्रमिक (२९.६०) डलरको छैटौ हिस्सा हो ।
यति धेरै मूल्य क्युवाका अधिकांश नागरिकको हैसियतभन्दा बाहिर हो । हवानामा प्रान्तीय हाउजिंग कम्पनीका अधिकारीहरुका अनुसार नयाँ नेटवर्क सस्तो हुनेछ र भिडभाड हुने सहर हवानामा ती प्रेमीहरुका लागि सहयोग पुग्नेछ ।जहाँ अहिले उनीहरुले कोठा पाइरहेका छैनन् ।
हवानामा सम्बन्ध विच्छेद गरेका जोडीहरु कतै जान पाउँदैनन् । किनभने शहरमा घरको कमीका कारण उनीहरु एकसाथ बस्न बाध्य हुन्छन् । अधिकारीहरुका अनुसार नयाँ नेटवर्कबाट एउटा सस्तो विकल्प प्राप्त हुनेछ । यसबाट सहरमा लभ मेकिंग सेशन सगुम हुनेछ ।
हवानामा प्रेमी जोडीहरु सामान्यतः पार्क, समुद्री तट र प्रसिद्ध मैलाकैन सिफ्रन्टमा प्रेमालाप गरिरहेका भेटिन्छन् । हवानामा एउटा पत्रिकाका टिप्पणीकारले याद गर्दै भने, प्रेमी जोडीका लागि यसप्रकारको व्यवस्था क्युवामा पहिलोपटक १९औं शताब्दीमा गरिएको थियो । अधिकांश क्युवाका नागरिक मनमा त्यो याद अहिले पनि जिवितै छ।एजेन्सी

यसमा तपाइको मत

Loading...