यस्ता छन् शारीरिक सम्बन्धपछि रोमान्स बढाउने पाँच उपाय

शारीरिक सम्बन्ध मात्र होइन, शारीरिक सम्बन्धलगत्तैको समय पनि निकै अनमोल हुन्छ । तपाई जुन व्यक्तिलाई सबैभन्दा बढी माया गर्नु हुन्छ, उसँग हुनुहुन्छ, दिमागमा कुनै प्रकारको समस्या वा अन्य कुरा हुँदैन । तसर्थ सेक्सलगत्तै निदाएर यो अवसर गुमाउनुभनदा राम्रो हुने कि तपाई यो समयलाई अझ यादगार बनाउनुस् ।
यहाँ त्यही ६ कुरा उल्लेख गरिएको छ, जुन सेक्सलगत्तै गर्दा तपाई दुई जनाको रोमान्स अझ बढ्नेछ।
शारीरिक सम्पर्कको क्रममा तपाई दुई जनाले धेरै क्यालरी गुमाउनु हुनेछ, तसर्थ भोक लाग्नु स्वभाविक हो । यस्तो अवस्थामा तपाई दुई जना मिलेर झटपट केही तयार गरेर साथमा बसेर खानु उत्तम हुनेछ ।
शारीरिक सम्बन्धपछि तपाई दुई जना राम्रो मुडमा हुनुहुनेछ । त्यसैले सम्बन्धलाई अझ रोमाञ्चक र बलियो बनाउने योभन्दा राम्रो समय अरु हुन सक्दैन । त्यसैले गुणस्तरीय टाइम बिताउनुस् । आफ्नो पूरानो रोमान्टिक डेट र फनी पलहरु स्मरण गर्नुस ।
साथमा शावर लिनुस् वा हट टबमा साथमा सुतिरहँदा बढी रिल्याक्सिंग हुनेछ । योभन्दा महत्वपूर्ण पल जोडीका लागि महत्वपूर्ण हुनेछ ।
यदि तपाईलाई ओछ्यानबाट निस्कने मन छैन भने तपाई साथमै कुनै रोमान्टिक चलचित्र हेर्न पनि सक्नुहुनेछ । तर, यो कुरा ध्यान दिनुस कि चलचित्र यस्तो होस जसमा तपाई दुवै जनाको रुची होस् ।
शारीरिक सम्बन्धपछि रिल्याक्स गर्न र एकअर्कासँग सम्बन्धित रहने उपयुक्त अप्सन हो, मसाज । तपाई चाहनु हुन्छ भने आफ्नो पार्टनरको फूल बडी मसाज गरिदिन सक्नु हुन्छ । वा हेड मसाजले पनि सम्बन्धलाई रसिलो र प्रगाढ बनाउने छ। एजेन्सी

यसमा तपाइको मत

Loading...