जापानी पुरुषको विचित्रको सेक्स डलप्रतिको आकर्षण

जब टोक्योका ४५ वर्षीय फिजियोथेरापिस्ट मासायुकी ओजाकीको वैवाहिक जीवनमा पहिलाजस्तो प्रेम र जोश रहेन तब उनले आफ्नो रोमान्टिक लाइफको खालीपन भर्नका लागि अनौठो तरिका अपनाए ।
मासायुकीले सिलिकनको एउटा सेक्स डल घर ल्याए र अब यही सेक्स डल उनको जीवनको सबैभन्दा महत्वपूर्ण प्रेम बनेको छ।
यो लाइफ साइज डमीको नाम मायु हो, जसले मासायुको साथ बेड मात्र शेयर गर्दैनन् मासायुकी उसका साथ नुहाउँछन् पनि ।
मासायुकी भन्छन्, छोराको जन्म भएपछि मेरी श्रीमतीले मसँग सेक्स गर्न अस्वीकार गरिन् । त्यसपछि मलाई निकै एक्लोपन महशुस हुन थाल्यो । तर जसै मैले शोरुममा मायुलाई देखेँ तब पहिलो हेराईमै माया बस्यो ।
मासायुकी आफ्नो सेक्स डललाई व्हील चेयरमा राखेर डटमा पनि जाने गर्छन । मासायुकी मायुलाई आफ्नै हातले तयार पार्दछन् । उसलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्म कि गहना पनि लगाइदिन्छन् । मायु आएपछि मासायुकीको जीवनको खालीपन हटेको छ। उनी मायुका साथ डइभमा जान्छन् ।समुद्रको सयर गर्छन् र खुब आनन्दासाथ विदा मनाउँछन् ।
सेक्स डलसँग प्रेम गर्ने मासायुकी एक्ला व्यक्ति भने होइनन्, जापानमा हरेक दिन यस्ता पुरुषको संख्यो बढिरहेको छ । जो सेक्स डलमा वास्ताविक प्रेम खोजिरहेका छन् ।
जापानमा हरेक वर्ष करिब दुई हजार लाइफ साइज सेक्स डल विक्री हुने गर्दछ । जसको मूल्य ६ हजार डलर हुन्छ । सेक्स डलका निर्माता ओरएन्ट इन्डस्ट्ीजका निर्देशक सूचिका भन्छन्, बढीभन्दा बढी पुरुष यो सेक्स डल किनिरहेका छन्, किनभने उनीहरुलाई लाग्छ कि उनीहरु साँच्चिकै योसँग कुरा गरिरहेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Loading...