बलात्कार प्रयासका आरोपित फरार

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

Advertise

rape4राजविराज, १५ जेठ । सप्तरीमा एक २० वर्षीया दलित युवतीलाई बलात्कार गर्न  प्रयास गर्ने जमुनी मधेपुरा गाविस–१ का २५ वर्षीय वीरेन्द्रकुमार यादव फरार भएका छन् ।
बलात्कार गर्न प्रयास गर्ने क्रममा होहल्ला भएपछि यादव फरार भएको पीडितसहित उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आएका पीडितका परिवार र स्थानीय गाउँलेले बताए ।
मङ्गलबार दिउँसो ११ बजे पानी परिरहेको बेला घरदेखि पश्चिम आँपको बगैचामा शौच बस्न गएका बेला यादवले बलात्कार गर्न लछारपछार गरेको पीडित युवतीले बताएकी छिन् । घटनापछि यादव गाउँ फर्केर नआएको स्थानीयवासीले बताए ।
यस्तै शम्भुनाथ गाविस–६ की २७ वर्षीया पिङ्की साहलाई कुटपिट गर्ने उनका देवर २२ वर्षीय उमाशङ्कर साहलाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ ।
घरायसी विवादमा गालीगलौज र कुटपिट गरेलगत्तै निजलाई गाउँलेले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । अहिले उमाशङ्कर र निजका पिता ५० वर्षीय इन्द्रनारायण साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी नायब निरीक्षक बदन प्रधानका अनुसार कुटपिटबाट सामान्य घाइते भएकी पिङ्कीले आवेशमा आई तरकारीमा छर्कने विषादी सेवन गरेकी छिन् ।
उनको रायपुर गाविस–८ स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, रोजगारका लागि काठमाडौँ बस्दै आएका पीडित र उनका पति हेमशङ्कर साहले अंश माग्न थालेपछि घरायसी विवाद बढेको हो ।

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

यसमा तपाइको मत


© Nepali Unicode