समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

काठमाडौ। कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ ।
काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गर्नु भएको छ ।  निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एंव सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।
त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । नेटवर्क प्रवन्ध निर्देशक मनोज थापा,  सार्थक नेपालकी जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा. श्याम खड्काले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।  संस्थाका पदाधिकारीहरु अध्यक्ष जेनी कुँवर, उपाध्यक्ष कलाकार तथा सञ्चारकर्मी राजेन्द्र लुईटेल, महासचिव सञ्चारकर्मी, गीतकार तथा निर्देशक मनोज थापा, सचिव गायिका तथा सञ्चारकर्मी योजना पुरी, कोषाध्यक्ष गायक तथा सञ्चारकर्मी रामकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष नायिका  जान्वी बोहरा, कार्यसमिति सदस्यहरु गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ, मोडल तथा सञ्चारकर्मी कुशल खत्री, नायिका तथा मोडल मञ्जिता केसी, सञ्चारकर्मी निलम पौडेल,  सलिना आचार्यले आफ्ना लाई पदभार ग्रहण गरेका थिए ।  उक्त कार्यक्रममा निःसाहय सदनमा आश्रीत आमाबुबाहरुलाई संस्थाले भोजन गराएको थियो ।
उद्घाटन कार्यक्रमलाइृ सम्बोधन गर्दै संस्थाकी अध्यक्ष जेनी कुँवरले सबैसँग सहकार्य गरेर सामाजिक कार्य गर्ने बताए । पत्रकार र कलाकारको सम्बन्ध नङ्ग मासुको  जस्तो भएकोले यसलाई अझ प्रगाढ बनाउँदै मिलेर समाजको लागि केहि गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका महासचिव थापाले अनेक बहानामा अनावश्यक तथा गलत प्रयोजनमा मनाउदै आईरहेको समय तथा खर्चलाई  कटौती गर्दै अनाथ एवं शिक्षाबाट बञ्चित बालवालिकाहरु र वृद्धाश्रममा आश्रितहरुका  लागि मनोरंजन, भोजन, आवश्यक लत्ता कपडा आदि वितरण गर्ने उद्देश्यले अव केहि गरौ भन्ने नाराका साथ कलाकार एवं पत्रकारहरु एकजुट  सार्थक नेपाल संस्था गठन भएको बताए । आगामी दिनमा पनि सामाजिक काममा निरन्तर लाग्ने प्रतिबद्धता जनाए । साथै अन्य सहयोगी व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने र सहयोग गर्न सबैलाई अपिल पनि गरे ।
सार्थक नेपाल संस्थाको उद्घाटन कार्यक्रममा एक्टर नेपाल नेटवर्कले निर्माण गरेको सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको म्युजिक भिडियोको कलाकार तथा प्राविधिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । हास्य कलाकार महादेव त्रिपाटी, कलाकार रश्मि भट्ट, मकेअप आष्र्टिट नन्दा अधिकारी, गायक सपन श्रेष्ठ, सञ्चारकर्मी गीता अधिकारी, सूर्य चन्द, म्युजिक भिडियो निर्देशक नव ढुंगेल, फोटो पत्रकार नवराज वाग्ले, फोटोग्राफर कुबेर तामाङ, रामलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Loading...