सँगै बसेर पनि श्रीमतिसँग यसरी अनजान हुन्छन् पुरुष

पुरुष आफ्नी श्रीमतिका बारेमा साधारण कुरामा पनि कति अनजान रहन्छन् यसको खुलासा गरेको छ हालै गरिएको एक नयाँ अध्ययनबाट । बेलायतको द परफ्युम शपका लागि २०० जना पुरुषमा गरिएको यस अध्ययनमा सहभागीमध्ये अधिकांश पुरुष आफ्नी श्रीमतिको कपडाको साइज, कपालको प्राकृति रङ्ग र आँखाको रङ्गबाट अनजान रहेको पत्ता लागेको हो ।
दश मध्ये ६ पुरुषको भनाइ थियो, उनीहरु आफ्नी श्रीमतिका बारेमा सबै जान्दछन् तर जब उनीहरुलाई प्रश्न गरियो तब थाहा भयो कि १२ प्रतिशत पुरुषलाई श्रीमतिको आँखाको रङ्ग, १० प्रतिशतलाई श्रीमतिको जन्मदिन र ८ प्रतिशतलाई श्रीमतिको कपालको प्राकृतिक रङ्गबारे केही थाहै थिएन ।
प्रत्येक तीनमध्ये एक पुरुषलाई यो थाहा थियो कि श्रीमतिको मनपर्ने वस्त कुन हो र ३० प्रतिशतलाई श्रीमतिको ब्राको साइजबारे जानकारी थिएन । यो पनि हैरानीको कुरा हो कि ११ प्रतिशत पुरुषलाई थाहा थिएन कि आफ्नी श्रीमति कुन पदमा कार्य गरिरहेकी छन् । र १२ प्रतिशत पुरुषलाई श्रीमति वा महिला मित्रको घनिष्ट साथीका बारेमा केही थाहा थिएन ।
महिलाहरुका बारेमा यी स–साना कुरामा पुरुष ध्यान नदिनुको परिणाम यो भयो कि बेलायतमा प्रत्येक दशमध्ये एक महिला श्रीमानसँग सम्बन्ध विच्छेद गर्दछन् वा सम्बन्ध विच्छेदको नजिक पुग्दछन् । र, ८ प्रतिशत महिलाको श्रीमानसंग गम्भीर विवाह हुने गर्दछ।
शोधकर्ताहरुले यस्ता साधारण कुराको जानकारी नभएका कारण २७ प्रतिशत पुरुष आफ्नी महिला साथीका लागि गलत साइजको कपडा वा अन्तःवस्त्र लिएर आए र एक तिहाई मामिलामा यही गल्तीका कारण झगडा भयो । यो त भयो पुरुषको कुरा तर महिलाको कुरा छुट्टै छ।
उनीहरु पुरुषको आँखाको रङ्गदेखि उनीहरुको कपडासम्मका बारेमा पुरा जानकारी राख्दछन् । एक रिलेशनसीप विशेषज्ञ फ्रैङ्काइन कायका अनुसार समस्या यो हो कि महिलाका लागि जुन स–साना कुराले पनि महत्व राख्दछ। यही कुरा पुरुषका लागि कुनै महत्व राख्दैछ।
यहाँ सयमध्ये एक पुरुषको कुरा गरिदै छैन । बहुसंख्यक पुरुषको कुरा गरिदैछ। तर तपाई उनलाई प्रोत्साहित र सम्झना गराएविना उनलाई परिवर्तन गर्ने आशा गर्न सक्नु हुन्न । तपाई व्यवहारिक बन्नुपर्नेछ। यदि तपाई चाहनु हुन्छ कि श्रीमान केही कुरा सम्झना गरुन् तब तपाईले उनलाई बताउनु राम्रो हुनेछ।
श्रीमति कायले महिलाका लागि केही व्यवहारिक सुझाव दिएकी छन् । जसलाई आफ्नो पुरुष साथी भ्यालेन्टाइन डेमा व्यवहारमा ल्याउन सक्नेछन् । तपाई आफ्नो पुरुष साथीलाई प्रोत्साहित गर्नुस् तर बढी चलाखी नदेखाउनुस । केही यस प्रकारको कुरा गर्नुस्– भ्यालेन्टाइट डे आइरहेको छ।
मलाई आशा छ, तिमी केही यस्तो गर्ने छौ जुन मलाई मन पर्नेछ। रिलेटकी रिलेशनसीप काउन्सुलर क्रीस्टिन नार्थमको भनाइ छ– महत्वपूर्ण विवरण सम्झना नहुनुको कारण विशेषतः पुरुषको पालनपोषणसँग सम्बन्धित छ। पुरुषलाई उनका आमाबाबु र पारिवारिक मूल मान्न र व्यवहार गर्न सिकाइएको हुन्छ।
यदि उनीहरु यस प्रकारको माहोलमा हुर्के बुढेका छन् जहाँ उनीहका पिता आमाको जन्मदिनलाई कुनै महत्व दिदैनन् तब उनीहरु यस्ता कुरा सम्झना गर्ने कोशिस गर्ने छैनन् । तर यो सम्बेदनशील बन्ने र अर्काको भावना बुझ्ने विषय हो । यसको अर्थ कमजोर बन्नु होइन । यसको अर्थ सहानुभूति राख्नु र यो बुझ्नु हो कि अर्काले के मन पराउछ र के मन पराउंदैछ तपाईका पुरुष साथी तपाईमाथि पुरा ध्यान दिइरहेको छ। यो जान्नका लागि तपाईले उनलाई सामान्य प्रश्न सोध्नु पर्छ ।
ब्रा, कपडा वा जुत्ताको साइज, कपालको प्राकृतिक रङ्ग, आôखाको रङ्ग, जन्मदिन, मनपर्ने वस्त्र, पद, घनिष्ट मित्रको नाम र मनपर्ने खानेकुरा । द परफ्युम शपका प्रवक्ता मिशेल द वानका अनुसार अर्काको भावनालाई बुझ्न सफल सम्बन्धको मार्ग हो।
उनी यस कुरामा सहमत छन् कि पुरुषलाई आफ्नी महिला साथीका बारेमा सबै जानकारी राखेर फाइदा नै हुनेछ। उनले भने, सर्वेक्षणको नतिजा निकै आश्चर्यजनक छ। तपाई आफ्नो साथीसँग आशा गर्नु हुन्छ कि उनलाई जन्मदिन र कपालको रङ्गजस्ता सामान्य कुरा थाहा हुनुपर्छ तर यस्तो लाग्छ कि पुरुष यस कुराको परवाह गर्दैनन् । शुश्री वाजको भनाइ छ, पुरुष यी स–साना कुरा सम्झना गरेर महिला साथीको मन जित्न सक्छन् । यसबाट श्रीमतिलाई लाग्नेछ कि श्रीमान मेरोतर्फ ध्यान दिइरहेको छ। एजेन्सी

यसमा तपाइको मत

Loading...