Loading...

यौनसम्बन्धी रोचक तथ्यः महिलामा बढी यौनइच्छा

loading...

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

sex-0478अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले मानिसहरुको यौनसम्बन्धका विषयमा एउटा विस्तृत तथा महत्वपूर्ण सर्वेक्षण गरेको छ, जसबाट निकै रोचक तथा अनौठा खालका नतिजासमेत बाहिर आएका छन् । सर्वेक्षणबाट प्राप्त केही रोचक तथ्यहरु–
–पुरुषमा भन्दा महिलामा यौनइच्छा बढी हुन्छ । तथापि उनीहरु त्यसलाई प्रकट गर्न संकोच मान्छन् ।
–विवाहले मानिसको आयु बढाउँछ । विवाहपछि हुने नियमित यौनसम्पर्कले मानिसको मन शान्त हुनुका साथै शारीरिक रुपमा पनि स्वस्थ राख्छ । परिणामस्वरुप स्वभाविक रुपमा मानिस बढी बाँच्छ ।
–अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढी हुन्छ । अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यान्सर हुन्छ ।
–यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनै सुरक्षा उपाय नअपनाइकन यौनसम्पर्क गर्छन् ।
–मृत्युका बारेमा बढी सोच्ने पुरुष बढी सन्तान जन्माउने इच्छा राख्छन् ।
–गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन हार्मोनले खाद्य श्रृङ्खला तथा खानेपानी दुषित गर्न सक्छ । यो हार्मोनले विशेष प्रकारको क्यान्सरलाई बढावासमेत दिने बताइन्छ । विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाले गर्छन् । किनभने यो उमेर समूहमा सबैभन्दा बढी असुरक्षित यौनसम्पर्क हुन्छ ।
–नियमित यौनसम्पर्क राख्नाले मुटुरोक, उच्च तनाव, मधुमेहजस्ता रोगको रोकथाममा सहयोग पुग्छ । एजेन्सी

like us on Facebook or follow us on Twitter.
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Recent Posts