उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

इलाम, ५ असार । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो । उहाँको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । रासस

यसमा तपाइको मत

Loading...