संखुवासभामा माओवादी उम्मेदवारको हत्या

संखुवासभा, ५ असार । संखुवासभा जिल्लाको दुर्गम भोटखोला गाउँपालिका वडा नम्बर–२ भुतखोलाका स्थानीय छिनाङ भोटेको हत्या भएको छ ।
उनी भोटखोला गाउँपालिका वडा नम्बर–२ बाट नेकपा माओबादी केन्द्रका तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत थिए ।
उनको आईतबार करिब ५ बजेको समयमा हत्या भएको प्रारम्भिक रिर्पोट आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गाऊँमा नै एकआपसमा विवाद भएपछि झगडा हुँदा ढुंगा हानाहान गर्दा भोटेको मृत्यू भएको भन्ने प्रारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
वडाअध्यक्षका उम्मेदवार समेत रहेको भोट उम्मेदवारी दर्ता गराउन मतदान केन्द्र हटिया तर्फ आउनेक्रममा विपक्षीले बाटोमा नै हत्या गरेको नेकपा माओबादी केन्द्रका जिल्ला सेक्रेटरी आरपी किराँतीले आरोप लगाउनुभयो । दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गरिनु पर्ने र उक्त ठाऊँमा पुनः मनोनयन गर्न पाउनु पर्ने समेत उहाँहरुले माग गर्नुभएको छ । घटनाको बारेमा बिस्तृत रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भोटखोला जिल्लाको नै विकट दुर्गमस्थल भएकाले संचारसम्पर्क हुन कठिन छ । उक्त ठाऊँमास्काई र सिडियमए फोन दिउसो घाम लागेको बेला मात्रै लाग्ने गर्दछ । सदरमुकाम खाँदबारी देखी पैदल तीन दिन लाग्छ ।

 

यसमा तपाइको मत

Loading...