अर्थमन्त्रीलाई एनआरएनएले के भने ?

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालका नवनियुक्त अर्थमन्त्री माननीय ज्ञानेन्द्र कार्कीसँग भेटघाट गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाबारे जानकारी गराउनुभएको छ ।
जुन १३ तारिख मंगलबार अर्थमन्त्रालय सिंहदरवारमा भएको भेटमा सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति मन्त्री कार्कीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।
मुख्यतया अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधिहरुमा प्रकाश पार्दै संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्तीबारे जानकारी गराउनु भयो । लाप्राकको भौगोलिक अवस्था तथा जलवायुको कारण निर्माणकार्य निकै चुनौतीपूर्ण रहेको भन्दै उहाँले त्यसमाथि प्रसासनिक झमेलाका कारण निर्माण कार्य अपेक्षा गरेभन्दा ढिलो भइरहेको जानकारी गराउनुभयो ।
उहा“ले नेपालको बिकासको प्रस्थान बिन्दु नै स्थलमार्ग भएको र यसको बिस्तार, बिकास र स्तरउन्नतिमा नै समृद्ध नेपालको भविष्य गा“सिएको औंलाउ“दै सरकारलाई सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
अध्यक्ष घलेले नेपालको युवा जनशक्ति दक्षता बिनै वैदेशिक रोजगारीमा होमिएकाले प्रतिफल न्यून रहेको र दक्षता अभिबृद्धिमा राष्ट्रले भूमिका खेल्नु पर्ने सुझाव पेश गर्दै वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्दै देशमै रोजगारीको पाउने अबस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहा“ले गैरआवासीय नेपाली संघले कर्मचारी सञ्चय कोष संग सहकार्य गर्दै वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चय कोषको व्यवस्था गर्न लागेको जानकारी गराउँदै यसको कार्यान्वयनमा सहजिकरण गरिदिन समेत अग्रह गर्न भयो ।
माननीय अर्थ मन्त्रीले संघका प्रतिनिधिहरु आफ्नै पहलमा अर्थ मन्त्रालयमा आउनु भई संघका गतिविधि तथा सुझावहरु पेश गर्नु भएकोमा अन्यवाद व्यक्त गर्नु भयो । उहा“ले गैरआवासीय नेपालीहरुका समस्या तथा सुझावप्रति अर्थ मन्त्रालय सकारात्मक रहेको र सम्भव भएसम्म संबोधन गरिने वताउनु भयो
उहा“ले संघलाई लाप्राक नमूना बस्ती निर्माण गर्न अग्रसर भएकोमा अभार प्रकट गर्नु भयो र स्थानिय चूनाव सम्पन्न भएपछि आफू लाप्राक गई त्यहा“का स्थानिय बासिन्दाको जीवनस्तर कसरी उकास्न सकिन्छ र यसमा अर्थ मन्त्रालयले कस्तो भूमिका खेल्न सक्छ त्यसको समिक्षा गरी उचित रणनीति समेत अपनाउने आश्वासन दिनु भयो ।
अर्थ मन्त्रीले कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा संघले वैदेशिक रोजगारीमा गएकाहरुको लागि संचालनमा ल्याउन लागेको सञ्चय कोषको व्यवस्था वैदेशिक रोजगारीमा गएकाहरुको लागि मात्र नभई राष्ट्रको लागि समेत फलदायी हुने भएकोले यसको अर्थ मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Loading...