अब पिसाबले बताउनेछ तपाईले के खानुभयो र कति स्वस्थ थियो

एउटा नयाँ तरिकाले पिसावको जाँच गर्दा पिसाव गर्ने व्यक्तिले के खाएको थियो र कति स्वस्थ थियो भन्ने कुरा थाहा हुने भएको छ।
बेलायती वैज्ञानिकहरुले यसप्रकारको युरिन टेस्ट विकसित गरेका हुन् । वैज्ञानिकहरुका अनुसार यसबाट खानपानको पोषक तत्वमा सुधारका लागि सुझाव दिन सकिनेछ ।
संसारभर धेरै मानिस आफ्नो खानपानको बानीका कारण कयौ प्रकारको समस्या झेलिरहेका हुन्छन् । यो युरिन टेष्ट उनीहरुका लागि सहयोगीसिद्ध हुनेछ ।
खानपानबाट समस्या भोगिरहेका व्यक्तिहरुलाई उनीहरुको खानपानमा सुधार ल्याउन सुझाव दिन यो टेष्टले सहयोग गर्ने अपेक्षा गरिएको छ। साइन्स जर्नल लैंसेन्ट डाइबिटिज एण्ड इन्डोक्रिनोलजी मा प्रकाशित रिपोर्टअनुसार यो युरिन टेस्टबाट त्यस्ता रसायनहरुको पहिचान गर्न सकिनेछ जसले हाम्रो शरीरमा भोजनले पैदा गर्दछ ।
शोधमा सम्लग्न टिमका अनुसार यो युरिन टेष्ट दुई वर्षभित्र ठुलो मात्रामा उपलव्ध हुनेछ ।लामो समयदेखि चलिरहेको खापानको बानीको साथै टेष्टले हालै के खायौं भन्ने कुरासमेत थाहा लाग्नेछ । एजेन्सी

 

यसमा तपाइको मत

Loading...