आयु लम्ब्याउन सेक्सको कति प्रतिशत भूमिका ?

लामो आयुको चाहना सबैलाई हुने गर्दछ । तर, दैनिक जीवनमा हामी केही यस्ता काम गर्दछौ, जसले हाम्रो जीवनको केही घण्टा, केही दिन वा केही वर्ष कम हुँदै जाने गर्दछ । कतै तपाई पनि त्यसै त गरिरहनु भएको छैन ?
लामो विदा
यो सही हो कि तपाईलाई कामबाट विदा आवश्यक छ । ताकि तपाईको शरीरले आराम प्राप्त गर्न सकोस् । तर, धेरै आराम पनि हानिकारक हुन सक्दछ । कामपछि अचानक लामो समयसम्म आरामले इम्युन सिस्टमलाई कमजोर बनाउने गर्दछ ।
सेक्स
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार जुन पुरुष महिनामा कम्तीमा एक पटक सेक्स गर्दछन्, त्यस्ता पुरुषको मृत्युको खतरा हप्ताका एकपटक मात्र सेक्स गर्ने पुरुषको तुलनामा दुई गुना बढी हुने गर्दछ ।
निद्रा
सुत्नु शरीरका लागि जरुरी छ । तर बढी सुत्नुले पनि उमेर घटाउने काम गर्दछ । आठ घण्टाभन्दा बढी ओछ्यानमा सुतिरहनुले फाइदा कम हानी बढी पुराउने गर्दछ । त्यसैले नियमित रुपमा सुत्नुस्, तर आठ घण्टाभन्दा बढी भने होइन है ।
बसिरहनु
के तपाई कार्यालयमा कयौ घण्टा बसेर काम गर्नु पर्दछ ? जामा इन्टरनल मेडिसिनको अध्ययनअनुसार दिनमा ११ घण्टा बसेर काम गर्दा मृत्युको खतरा ४० प्रतिशत बढ्ने गर्दछ । त्यसैले कामको बिचबिचमा ब्रेक लिनुस् । अझ सकिन्छ भने उठेर काम गर्नु राम्रो ।
टेलिभिजन
ब्रिटिश जर्नल अफ स्पोर्टस एण्ड मेडिसिनमा प्रकाशित एउटा रिपोर्टका अनुसार टेलिभिजनको हरेक एक घण्टाले तपाईको जीवनको २२ मिनेट कम गरिदिनेछ । अर्थात तपाई औषतः हरेक दिन ६ घण्टा टेलिभिजन हेर्नु हुन्छ भने तपाईको जीवनबाट पाँच वर्ष कम हुनेछ ।
एक्लोपन
मानिसका लागि कसैसँग रहनु, कसैसँग कुराकानी गर्नु जरुरी छ । केही व्यक्ति तनावबाट टाढा रहनका लागि एक्लै बस्न रुचाउँछन् । तर, वास्तावमा उनीहरु आफू स्वयमलाई संसारको सुखबाट बञ्चित गरिरहेका हुन्छन् । एक्लोपनले मानिसको उमेर घटाउने काम गर्दछ ।

बेरोजगारी
१५ देशमा ४० वर्षसम्म दुई करोड जनामा गरिएको एउटा शोधका अनुसार बेरोजगार मानिसको अचानक मृत्युको खतरा रोजगारवालाको तुलनामा ६३ प्रतिशत बढी हुने गर्दछ ।

व्यायम
शरीरका लागि व्यायम जरुरी छ ।तर मात्र शौखका लाग आवश्यकताभन्दा बढी व्यायम गर्नु हानिकारक पनि छ । चिकित्सक वा शारीरिक प्रशिक्षकको सल्लाहअनुसार व्यायम गर्ने हो भने पनि आयु लम्ब्याउन सकिनेछ ।

 

यसमा तपाइको मत

Loading...