न्यू लुक्समा निरुताको आइटम (भिडियोसहित)

Loading...

काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनयतथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
नाचिदेउनाचिदेउ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् । निरुतालाई भिडियोमा कृष्ण पराजुलिले साथ दिएका छन् ।
राजधानीमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियनपनिहुन् ।कलाकारिता रआफ्नो पेशालाई सँगसँगै अघिबढाएकीनिरुतामोडलिङमा समेत सक्रियहुनथालेकीछन् ।

महेश शाहीको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाले पनि आवाज भरेकी छन् ।
सत्यराज चौलागाईको निर्देशन र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
राजधानीमा बसेर संघर्ष गर्दै गरेकी निरुता मोडलिङ तथा कलाकारितामा रमाइरहेकी छन् । उनी भन्छिन् गायन तथा कलाकारिता मेरो सानैदेखिको रुचि हो । भविष्यमा सफलकलाकार बन्ने उनको लक्ष्य छ ।

Loading...

यसमा तपाइको मत

Loading...
Loading...