डाङडुङे डाँडामा फिल्म नगरी : मन्त्री पौडेल

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

Advertise

दोलखा, २० मंसिर । सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रियस्तरको फिल्म नगरी बनाउन सकिने बताउनुभएको छ । सरकारले दोलखाको डाङडुङे डाँडामा बन्न लागेको फिल्म सिटीका लागि चालु आर्थिक वर्षमा रु दुई करोड छुट्याइसकेको मन्त्री पौडेलले भन्नुभयो ।

मन्त्री पौडेलले देशमै पहिलो पटक निर्माण हुन लागेको फिल्म सिटीलाई पहिलो प्राथमिकताका साथ निर्माण गरिने स्पष्ट गर्नुभयो । “अब चाँडै पूर्वाधार विकासका लागि काम अघि बढाउने छौँ” उहाँले भन्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको टोली लिएर पहिलो पटक डाँङडुङेडाँडा पुग्नुभएका मन्त्री पौडेलले सडक, खानेपानीलगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताउनुभयो ।

उहाँले लाँकुरीडाँडामा प्रस्तावित फिल्म सिटीका लागि सरकारले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि बोलपत्र (टेन्डर)समेत आह्वान भएर काम अगाडि बढिसकेको जानकारी दिनुभयो ।

सुरुमा चीन सरकारले सहयोगका लागि चासो देखाए पनि पछिल्लो समय देशभित्रै ठूला उद्यमी, गैरआवासीय नेपालीले समेत यसमा चासो देखाएको उहाँले जानकारी दिनुभयो ।

फिल्म सिटीमा इन्डोर सुटिङका लागि आवश्यक सम्पूर्ण उपकरण तथा प्रविधिको व्यवस्था गरिने छ । फिल्म सिटी निर्माणका लागि लाँकुरीडाँडाको डाङडुङे डाँडामा एक हजार ५०० रोपनी जग्गासमेत व्यवस्था भइसकेको छ ।

डाँङडुङे डाँडालाई फिल्म सिटी बनाउनका लागि कलाकार तथा फिल्म सिटी अभियन्ता मदनदास श्रेष्ठको संयोजकत्वमा दोलखाली कलाकार तथा समाजसेवीले एक समिति समेत बनाएका छन् ।

दोलखाको लाकुरीडाँडा गाविसस्थित सेतीदेवी दादर सामुदायिक वनका उपभोक्ताले फिल्म सिटीका लागि आवश्यक जग्गा भोगाधिकार दिइसकेका छन् । फिल्म सिटीका लागि चलचित्र विकास बोर्डका पदाधिकारी, कलाकार, स्थानीय उद्यमीसहितिको टोलीले स्थलगत अध्ययन गरी लाकुरीडाँडाको सेतीदेवी दादर सामुदायिक वनअन्तर्गत पर्ने डाङडुङे डाँडालाई छनोट गरेका थिए ।

डाँडामा करिब एक हजार रोपनीको उपयुक्त चउर रहेको छ । करिब ३ हजार ४०० मिटरमा पर्ने उक्त डाँडाबाट जुगल र गौरीशंकर हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews, like us on Facebook or follow us on Twitter.
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

Short URL: http://www.sambadmedia.com/?p=56994

यसमा तपाइको मत


© Nepali Unicode
Canada's parliament attacked, soldier fatally shot nearby

Reuters - 44 minutes ago
OTTAWA (Reuters) - A gunman...

Probe: Athletes took fake classes at University of North Carolina

Reuters - 41 minutes ago
RALEIGH N.C. (Reuters) - More...

Man jumps White House fence, causes lockdown

Reuters - 49 minutes ago
WASHINGTON (Reuters) - A man...

Accused Gary serial killer clams up in court

Indianapolis Recorder - 2 hours ago
19-year-old Afrikka...

US jury convicts four Blackwater guards in 2007 Iraq killings

Los Angeles Times - 40 minutes ago
For 10 weeks this summer in a...

News via Google. See more news like this