आचार्यको ‘धोती तेरो टोपी मेरो’ गजलको म्युजिक भिडियो सार्वजनिक

पोखरा। कवि भरत आचार्यको शब्द रचना तथा सागर शरद अधिकारिको स्वरमा रहेको ‘धोती तेरो टोपी मेरो दौरा सुरवाल कस्को ?’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गजलमा राष्ट्रिय भावना ओतप्रोत भएको छ । साहश शाक्यको संगीत संयोजन रहेको उक्त गजल भर्खरै मात्र छायांकन भएर बाहिर आएको हो । कवि भरत आचार्य नेपालमा आएको महाभूकम्प र चरम नाकाबन्दी पछि आम नेपालीले भोग्नु परेका पीडाहरु कविता, गीत, गजल र व्यंग्यात्मक अभिव्यक्ति मार्फत पोख्दै आएका छन् ।
त्यही शिलशिलामा यस गजल मार्फत नेपालीमा हामी भन्ने भावना हराउँदै गएर र सिङ्गो देशनै तेरो मेरो भन्ने भावनामा अल्झेको कुरा गजल मार्फत व्यक्त गरेका छन । भिडियोको निर्देशन सुरेश राउतले गरेका छन भने यादव अधिकारीलाई फिचरिङमा देखाइएको छ ।
गीत रेकर्डिङ्गदेखि म्युजिक भिडियो निर्माण सम्पन्न सम्ममा प्रकाश सुवेदीको विशेष सहयोग रहेको आचार्यले बताए ।

यसमा तपाइको मत

Loading...