सम्बन्धविच्छेद सम्बन्धी अनौठा कानुन

Loading...

पति पत्नीबीचको सम्बन्ध विच्छेद अर्थात् डिभोर्स आफैमा अप्रिय घटना हो । डिभोर्सको विषयमा दुनियाँका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन छन् । कतिपय
देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् । बेलायती अनलाइन मेट्रो डट को डट युकेका अनुसार डिभोर्स सम्बन्धी विश्वका केही अनौठा नियम कानुन यस्ता छन् ः
ड्ड साउदी अरबमा यदि कुनै महिलाले आफ्नो श्रीमान्लाई हरेक बिहान मिठो कफी बनाएर खुवाइनन् भने श्रीमानले उनलाई तलाक दिन पाउँछ ।
ड्ड चीनको एक पुरानो कानुन अनुसार कुनै पनि महिलालाई आफ्नो श्रीमानले धोका दिइरहेको लागेमा डिभोर्स गर्ने हक छ । यतिमात्र होइन धोका दिएको वा परस्त्रीसँग लागेको देखेमा हत्यासम्म गर्ने छटु परुानो काननुले दिएको थियो । नियम यस्तो थियो कि धोकेबाज श्रीमानको हत्यामा कुनै हतियारको प्रयोग गर्न पाइन्नथ्यो ।
ड्ड समोआमा यदि पतिले आफ्नी पत्नीको जन्मदिनको शुभकामना दिन भल्ुयो भने सकसर्थ्यो ।
आफू लाई बर्थडे विस नगर्ने लोग्नेलाई डिभोर्स दिने हक समोआका महिलामा सुरक्षित
छ ।
ड्ड अमेरिकाको कन्सासका कतिपय क्षेत्रमा पुरुषलाई आफ्नी श्रीमतीकी आमासँग पनि शारीरिक सम्बन्ध कायम राख्नु आवश्यक हुन्छ । यसो नगर्ने पतिलाई उसकी श्रीमतीले डिभोर्स दिन पाउँछे ।
ड्ड कुवेतमा यदि कोही पुरुषले महिलालाई घुरेर हे¥ये भने कारागारको हावा खानुपर्छ ।
यतिमात्र होइन कुनै पुरुषले पोथी जनावरलाई पनि यौनभावनाले ह–ये भने उसलाई समेत कारागार सजाय हुन्छ ।
ड्ड अस्ट्रेलियामा यदि कोही आदिवासी महिला आफ्नो पतिसँग अलग हुन चाहेमा पतिलाई मनाउने कोसिस गर्न सक्छन् वा तुरुन्तै कुनै दोस्रो पुरुषसँग बिहे गरेर आफ्ना पहिलो दाम्पत्य सम्बन्धलाई टुंगाउन सक्दछन् ।
ड्ड अमेरिकाको कोलोराडोमा पहिले यस्तो कानुन थियो कि आइतबार आफ्नो इच्छा विपरित सेक्स गर्न चाहने पतिलाई पत्नीले कारागार हाल्न सक्थिन् र डिभोर्स दिन सक्थिन् । आइतबार विदाको दिन आराम गर्ने दिन भएकाले सम्भोगका लागि कर गर्नु हुँदैन
भन्ने मान्यता भएर होला । एजेन्सीहरु

Loading...

यसमा तपाइको मत

Loading...
Loading...