गजुरी गाउँपालिकामा एमाले विजयी

Loading...

मलेखु (धादिङ), ५ जेठ । गजुरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा(एमाले)का उम्मेद्वार विजयी हुनुभएको छ ।

मतगणनाको अन्तिम परिणमानुसार एमालेका राजेन्द्रविक्रम बस्नेत चार हजार ३३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का गणेशलाल श्रेष्ठले चार हजार छ मतल प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा एमालेकै सीता ढुङ्गाना चार हजार २१४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शर्मिला बिसुरालले तीन हजार ८३५ मत प्राप्त गर्नुभयो । आठ वडा रहेको गजुरी गाउँपालिकामा एमालेले चार तथा माओवादी केन्द्र र काँग्रेसले दुई दुई वडामा विजय हासिल गरेका छन् । रासस

Loading...

यसमा तपाइको मत

Loading...
Loading...