बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

Loading...

कञ्चनपुर, ५ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ वन समिति बजार नजिकै ना ३ ख ३९५५ नम्बरको बसले ठक्कर आज दिँदा ३७ वर्षीय कैलाली हसुलियाका वसन्तराज विकको घटनास्थलमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट कैलालीको धनगढी तर्फ से १प ४५५५ नम्बरको मोटरसाइलमा जाँदै गरेका विकलाई विपरित दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

मोटरसाइलको पछाडि सवार विककी श्रीमती अन्दाजी ३५ वर्षीय मीना विक गम्भीर घाइते भएपछि उपचारार्थ महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । ठक्करबाट मृत्यु भएका विकको शव परीक्षणका लागि सोही अस्पतालमा पु¥याइएको छ ।

बस प्रहरी नियन्त्रणमा रहेपनि चालक भने फरार रहेका छन् । रासस

Loading...

यसमा तपाइको मत

Loading...