वन्यजन्तु संरक्षणसम्बन्धी कविता प्रतियोगिता

Loading...

काठमाडौँ ।  वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा ‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ देखि ७ गतेसम्म बाइसौँ वन्यजन्तु सप्ताह मनाइदैछ । जसअन्तर्गत आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला तथा सोमबार कविता प्रतियोगिताको आयोजना गरियो ।
आइतबार माइतीघर मण्डलमा माविस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको । प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी तथा सरकारी ४२ माविका १०४ विद्यार्थीको सहभागिता रहेको विद्यालय सेक्टरका संयोजक उपप्रा. देवीप्रसाद घिमिरेले जानकारी गराए ।
वन्यजन्तु संरक्षणका लागि युवालाई ज्ञान प्रदान होस् भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए  । सो अवसरमा विद्यार्थीले वन र वन्यजन्तु संरक्षणसम्बन्धी चित्र बनाएका थिए ।
यसै गरी सोमबार सोमबार सदर चिडियाखाना जाउलाखेलमा माविस्तरीय कविता प्रतियोगिताको आयोजना गरियो । चिडियाखानाको साथी टिचर्स कमिटीका अध्यक्ष भक्ति घिमिरेका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाद्वारा आयोजित संरक्षणसम्बन्धी कविता प्रतियोगितामा उपत्यकाका निजी तथा सरकारी विद्यालयका करिब तीन दर्जन विद्याथीले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने तीन जनालाई पुरस्कृत गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी गराइन् ।
कविता प्रतियोगितामा ब्राइट फ्युचर बोर्डिङ स्कूलकी इशा पौडेल प्रथम, पृथ्वी सेकेन्डरी स्कूलका अभिनन्दन घिमिरे द्वितीय, लिटिल एञ्जलकी ओजस्वी ढकाल तृतीय भएका थिए भने ज्ञानोदय बालबाटिकाकी स्मृति यादव, सुजन बाँस्कोटा र विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कूलकी श्रीशा पाण्डेले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख निर्णायक प्राज्ञ रमेश श्रेष्ठले अन्य अनेकौँ माध्यमभन्दा एउटा कविताले प्रकृति, वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Loading...

यसमा तपाइको मत

Loading...