बेलायतका राजकुमार ह्यारीले सम्झिए नेपाल–गोर्खाको साहस, आत्माविश्वास, व्यवसायीकता अद्धितिय

Loading...

लण्डन । नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्ष गांठका अवसरका नेपाली दुतावास लण्डनले आयोजना गरेका सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन बेलायतका राजकुमार हेन्री चाल्र्स अल्बर्ट डेबिट (ह्यारी)ले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले नेपालीहरुको आतिथ्य, सद्भाव र मायां आफुले कहिल्यै नविर्सने बताए । कार्यक्रममा गोर्खा सैनिककको खुलेर प्रसंसा गरेका राजकुमार ह्यारीले गोर्खाको साहस, आत्माविश्वास, व्यवसायीकता अद्धितिय रहेको उल्लेख गरे । उनले  गोर्खाहरुसंगको सम्बन्धबाट आफु निकै गौरवान्वित भएको समेत बताए ।
नेपालको सुन्दरताको बर्णन गर्दै उनले अन्नपुर्ण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र यसको संरक्षणका लागि गरिएकोे प्रयत्न संसारमा कतै नभएको जिकिर गरे ।
भुकम्पले ठुलो क्षति पु¥याएको नेपालको पुर्ननिर्माणमा अझै समय लाग्न सक्ने बताउंदै उनले भने, नेपालको पुनर्निमाणमा साथ दिन बेलायती जनता नेपाली जनताको पक्षमा रहनेछन् । बेलायती महारानीको तर्फबाट कार्यक्रमा सहभागि हुन पाउंदा अति नै खुशी लागेको जनाउंदै उनले नेपाल बेलायत दौत्य सम्बन्ध स्थापित भएको दुईसय बर्ष पुगेको अवसरमा महारानीले समेत सफलताको शुभकामना दिएको जानकारी दिए । सो अवसरमा ह्यारीले दुतावास हाताभित्र भिक्टोरीया क्रस विजेता गोर्खा सैनिकहरुको पाmेटो अनावरण गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशीले विगत दुईसय बर्षदेखि नेपाल बेलायत ठुलो साझेदार राष्ट्र भएको बताए । हामी एकले अर्कालाई आवश्यक परेको अवस्था साथै उभिएका छौं मन्त्री जोशीले भने, हामी दुई देशका हितमा लागि संगै मिलेर काम गर्न सक्छौं । भुकम्प पछि राजकुमार ह्यारीको नेपाल भ्रमण प्रसंग कोट्याउंदै मन्त्री जोशीले भने नेपाल र नेपालीका मन मस्तिष्कमा राजकुमारप्रति छुट्टै छाप रहेको छ । गोर्खा सैनिकहरु भिक्टोरीया क्रस विजेता मात्र नभई बेलायत सरकार र राजपरिवारको मन जित्न समेत सफल भएको जोशीको भनाई थियो ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले राजकुमार ह्यारीलाई दुतावासमा स्वागत गर्न पाउंदा अत्यान्तै खुशी लागेको बताए । नेपाल र बेलायतबीच ऐतिहासीक सम्बन्ध रहेको प्रष्ट्याउंदै सुवेदीले यो सम्बन्ध राजपरिवारदेखि जनस्तरसम्म उत्तिकै प्रगाढ रहेको जिकिर गरे । बेलायत नेपाली जनातको मनमा गहिरो छाप छोड्न सफल भएको छ, र हामीलाई पनि आशा छ, बेलायतको राजमुकुट, सरकार र जनताका मनमा पनि नेपाल र नेपालीहरुको उस्तै छाप छ । बेलायतका उच्च अधिकारीहरुको नेपाल भ्रमणले नेपाल बेलायत सम्बन्धमा अझै महत्वपुर्ण भुमिका खेलेको उनले उल्लेख गरे ।
दुतावासका उपनियोग प्रमुख शरदराज आरनद्धारा सञ्चालित उक्त कार्यक्रममा बेलायती रक्षा मन्त्री मार्क ल्याङक्याष्टर लगायत बेलायतका उच्च अधिकारीहरु र सयौं नेपालीहरु सहभागि थिए ।
धर्मराज अधिकारी

Loading...