मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

Loading...

पोखरा, ३ चैत । थकाली जातिको उद्गमस्थल मुस्ताङको थाक ठिनीमा आगामी चैत २९ गतेदेखि बाह्र वर्षे देवीछेव ढोङताङभ्यो ९भोमो आमा०को भव्य दर्शन पूजा तथा मेला आयोजना गरिने भएको छ ।

मेलाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सदस्य बसन्त थकालीले दीर्घायु, श्रीसम्पत्ति र सन्तानको बर प्रदान गर्ने देवीका रुपमा प्रत्येक १२ वर्षमा विशेष पूजा आजा हुँदै आएको बताउनुभयो ।

मेलाका अवसरमा ठिनीको मध्यभागमा अवस्थित ल्अखिम कर्पो९सेतो मन्दिर०मा बोन धर्मअन्तर्गत आर्य धर्म सम्प्रदायको विधि विधानअनुसार पूजा हुने जानकारी दिँदै उहाँले मेला अवधिभर करिब एक लाख भक्तजनले अवलोकन गर्ने बताउनुभयो ।

मेलाका अवसरमा सांस्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता, स्थानीय खेल, झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने लामा श्यामप्रसाद थकालीले बताउनुभयो । रासस

Loading...