भारतीय वित्तमन्त्रीलाई रक्षामन्त्रीको पनि दायित्व

Loading...

नयाँदिल्ली, १ चैत । भारतीय वित्तमन्त्री अरुण जेट्लीले मङ्गलबार रक्षामन्त्री थप कार्यभार सम्हाल्नुभएको छ । भारतीय रक्षामन्त्री मनोहर पार्रिकारले सो पदबाट राजीनामा दिनुभएपछि जेट्लीलाई औपचारिक रुपमा सो पदको जिम्मेदारी दिइएको हो ।

पार्रिकार आफ्नो गृह नगरको गोवाको मुख्य मन्त्रीका लागि उहाँले रक्षामन्त्रीको पद त्याग गर्नुभएको थियो । स्रोतका अनुसार जेट्लीलाई सोमबार साँझ नै सो पदको जिम्मेवारी दिइएको थियो ।

पार्रिकारले दिनुभएको राजीनामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट स्वीकृत भएको केही घन्टामा नै जेट्लीलाई रक्षामन्त्रीको थप कार्यभार दिइएको थियो ।

तर मङ्गबारबाट मात्र रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । सोमबार भारतमा सार्वजनिक बिदा भएका कारण मङ्गलबारमात्र कार्यभार सम्हाल्नुभएको समाचारमा जनाइएको छ ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)ले सत्ता सम्हाल्लेपछि ६ महिनासम्म यसअघि पनि जेट्ली दुईवटा मन्त्रालय सम्हाल्नुभएको थियो ।

अर्को रक्षामन्त्रीको नियुक्ति नभएसम्म जेट्ली सो कार्यभार सम्हाल्नुहुने बताइएको छ । रासस÷सिन्ह्वा

Loading...