फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौ, २६ फागुन । नेपालले फुटवलको विश्व वरियतामा तीन स्थान सुधार गरेको छ । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आज जारी गरेको वरियतामा नेपाल तीन स्थान माथि उक्लिदैं १ सय ७० औं स्थानमा पुगेको छ । दक्षिण एशियाली तालिकामा इण्डिया सबैभन्दा माथि १ सय ३२ औं स्थानमा छ । इण्डिया दुई स्थान तल चिप्लिएको हो । मालदिभ्स १ सय ४०, पाँच स्थान तल झरेको अफगानिस्तान १ सय ५६ औं स्थानमा छ । नेपालभन्दा मुनि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भुटान १ सय ७७, तीन स्थान खस्केको बंगलादेश १ सय ९३, श्रीलंका एक स्थान तल १ सय ९७ र पाकिस्तान १ सय ९८ औं स्थानमा यथावत छ । यो महिनाको वरियतामा शीर्ष दश स्थानमा रहने राष्ट्रमा कुनै परिवर्तन छैन । विश्व वरियतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । त्यस्तै चिली चौथो, बेल्जियम पाँचौ, फ्रान्स छैटौं र कोलम्बिया सातौंमा छन् । पोर्चुगल आठौं, उरुग्वे नवौं र स्पेन दशौं स्थानमा यथावत छन् ।

यसमा तपाइको मत

Loading...