मनाङ गुम्बा पुनःनिर्माण गर्न आदिवासी महासंघ जापानबाट एक लाख

काठमाडौ । नेपाल आदिवासी जनजाति महांसघ, जापानले स्वयम्भूस्थित मनाङ गुम्बा पुनर्निर्माणका लागि  एक लाख रुपैंया“ आर्थिक रकम सहयोग गरेको छ ।
सम्पूर्ण बौद्धमार्गीहरुले विश्वमै दिगो शान्ति स्थापना होस् भन्ने अपेक्षाका साथ गुम्बामा वर्षमा एकचोटी २१ दिन लामो अवधिको पुजा गर्ने र १ करोडभन्दा बढी माला जप्ने परम्परा रहेको छ । पुजामा हजारौंको संख्यामा गोरखा, डोल्पा, मनाङ, मुस्ताङलगायतका जिल्लाबाट बौद्धमार्गीहरु उपस्थित हुने गरेको आयोजकको भनाइ छ ।
विनाशकारी भूकम्पपछि गुम्बाको संरचना भत्किएको र पुजा रोकिएकाले बौद्धमार्गीहरुले गुम्बामा पहिलोपटक पुनः पुजाको सुरुवात गरेका हुन् ।
पूजा संचालन गर्न गुम्बा पुनर्निर्माणका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानकी कोषाध्यक्ष सोममाया गुरुङले गुम्बाका लागि रिम्पोछे शेरब घ्याल्छेनलाई एक लाख नगद हस्तान्तरण गर्नुभएको हो ।

यसमा तपाइको मत

Loading...