अफगानिस्तानको सैनिक अस्पतालमा आक्रमण, दुई घटनामा आठको मृत्यु

Loading...

काबुल, २५ फागुन । अफगानिस्तानको सबैभन्दा ठुलो सैनीक अस्पतालमा बम आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।

काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुई जना मारिएको स्थानीय संचार माध्यमले जनाएका छन् । घटना बारे थप विबरण आउन बाँकी नै रहेको सिन्ह्वाले जनाएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जना तालिवानी लडाकुहरुको मृत्यु भएको छ ।

“डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँच जना तालिवानी लडाकुको मृत्यु भएको छ ।

उनीसँगै रहेको दुई ओटा सवारी साधन, इन्धन भण्डारण गर्ने भाडोलगायतमा क्षती पुगेको छ,” जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार सिन्ह्वासँग भन्नुभयो ।

ताजकिस्तानको सिमानामा गर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आम नागरिकको भने मृत्यु नभएको उहाँले बताउनुभयो ।

मध्यएसियाको हिमाली देशका दुर्गम ठाउँमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकु माथी आक्रमण भइरहेको छ ।

गत शनिबार राती पनि अफानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको छ । रासस÷सिन्ह्वा

Loading...

यसमा तपाइको मत

Loading...