वातावरणीय चुनौतीको भूराजनीति -ग्यूलियो बोक्यालेटी

Loading...

लण्डन, २५ फागुन । यतिखेर सम्पूर्ण विश्व खतराको घडीमा आइपुगेको भान हुन्छ । रसियासँग पश्चिमा विश्वको सम्बन्ध, नाटोको भविष्य, सिरियाको युद्ध र शरणार्थी, उर्लदो दक्षिणपन्थी प्रचारवाद, यान्त्रिक प्रभाव र इयूबाट वेलायतको हुनै लागेको विदाईलगायत विषयले विश्वव्यापी रुपमा सार्वजनिक बहस सिर्जना गरेका छन् । यति हुँदा हुँदै पनि एउटा अझ धेरै महत्वपूर्ण विषय हो वातावरण, जसलाई वेवास्ता गरिदै छ वा ओझेलमा पारिदै छन् ।
स्विट्जरल्याण्डको ड्याभोसमा भएको यस वर्षको वर्ड इकोनोमिक फोरमको बैठकमा यस्तै विषय देखियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको पेरिस जलवायु सहमति भन्दा पर गएर यस बैठकमा जलवायु परिवर्तन र दिगो विकासको विषयले उल्लेख्य उपस्थिति पाएन । उल्टै, ती विषयहरु त केवल साना भेटघाटमा सीमित भए र समसामयिक राजनीतिक तथा आर्थिक घटनाबीच अन्तरघुलन हुनै पाएनन् ।
अहिलेको भूराजनीतिक र सामाजिक अस्थिरताको परिवेशमा वातावरणीय विषयलाई मूलधारमा नल्याउनु गल्ती हो र यो गल्ती जलवायु परिवर्तन व्यवस्थापन गर्नका लागि लागिपर्ने केवल महत्वपूर्ण समय भएकाले मात्रै पनि होइन । वातावरणीय ह्रास र प्राकृतिक श्रोत असुरक्षाका कारण अत्यन्त ठूला विश्वव्यापी विषयलाई सामना गर्ने हाम्रो क्षमता कमजोर बनाइरहेका छन् ।
कम ध्यान दिइए पनि वातावरणीय असुरक्षा विश्वव्यापी असुरक्षा निम्त्याउने मुख्य तत्व हो । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको प्रतिवेदनअनुसार २००८ पछि प्राकृतिक विपत्का कारण प्रत्येक वर्ष दुई करोड साठी लाख भन्दा बढि मानिस विस्थापित भएका छन् । यो संख्या यही समयमा बलपूर्वक विस्थापित हुनेको एक तिहाइ हुन आउँछ ।
अहिले जारी शरणार्थी समस्या पनि वातावरणीय विषयमा जोडिएको छ । युद्ध हुनु पुर्वका वर्षमा सिरियाले इतिहासकै चरम खडेरीको सामना गर्नुप¥यो । अस्थिर कृषिकर्म र कमजोर श्रोत व्यवस्थापनसँगै देखा परेको यो खडेरीले १५ लाख सिरियाली आन्तरिकरुपमा विस्थापित ग¥यो र २०११ को आन्दोलनका लागि राजनीतिक अस्थिरता उत्पन्न गरायो ।
वातावरणीय र कृषिसम्बन्धी आवश्यकताको सम्बन्ध भनें सिरियाभन्दा परसम्म विस्तार भएको छ । कृषिका लागि निश्चित जमिनमा अति निर्भरताका कारण खाद्य उत्पादनले वातावरणीय समस्यालाई झन् चर्काउने छ र नयाँ समस्या समेत खडा गर्ने छ । विश्वव्यापी उपभोक्ता हितलाई स्थानीय नागरिकको हितविरुद्ध खडा गर्नेछ ।
सम्बन्ध दुवैतिर फैलिन्छ– वातावरणीय परिस्थितिले पनि कृषि उपजको निर्धारण गर्नेछ र परिणामस्वरुप कृषि उपजको मूल्यले विश्वको व्यापार गरिएको वस्तुको दश प्रतिशत प्रतिनिधित्व गर्ने छ । उदाहरणको लागि, बढ्दो तापक्रम र परिवर्तित वर्षात् प्रणालीले कफिको मूल्य निर्धारण गरिरहेको छ । सन् २०५० सम्ममा कफि उत्पादनका लाागि विश्वका अनुकुल क्षेत्रहरु आधा जति खुम्चदै गर्दा, मूल्यको दबाब बढेर जानेछ ।
व्यापार संरक्षणवादमा देखिएको आकस्मिक गडबडीले कृषि उपजको मूल्य निर्धारणमा भूमिका खेल्नेछ । यस्तो मूल्य बढोत्तरीले किसान स्तरको पारिवारिक आयमा असर पार्नेछ जसले गर्दा कुनै किसानलाई फाइदा हुनेछे कसैलाई नोक्सान । यसबाट अन्तिम उपभोक्ताहरु– विशेष गरी गरिब र असहाय–ले धेरै मार खेप्नुपर्नेछ ।
वातावरणलाई आर्थिक छलफलको केन्द्रमा राख्नु पर्ने अर्को कारण– यो नै विश्वमा सबैभन्दा धेरै रोजगार दिने एक मात्र क्षेत्र हो । कृषि क्षत्रले एक अर्ब मानिस– जो विश्वको श्रम बजारको बीस प्रतिशतको नजिकै हो– लाई औपचारिक रोजगार प्रदान गरेको छ । त्यसैगरी अर्को एक अर्ब जिविकामूलक खेति किसानीमा सहभागी हुने भएकाले उनीहरुको औपचारिक तथ्याङ्कमा गणना हुदैन ।
आर्थिक विकासमा सहयोग पु¥याउने कुनै पनि कार्यक्रमले यो जनसख्याको संक्रमणलाई उच्चउत्पादकत्वका क्रियाकलापमा जोड्नका लागि सहयोग गर्नैपर्छ । यो महत्वपूर्ण यसकारणले पनि छ कि बढ्दो आधुनिक प्रविधिले केही देशहरुमा सम्पूर्ण पुस्ताको उन्नतिलाई चुनौती दिने छ । यो विशाल जनमानसबाट फाइदा लिनका लागि तालिम र शिक्षा मात्रहोइन भूमी, जलाधार र जलभण्डारजस्ता प्राकृतिक श्रोतमा कुनै कमी नल्याइ अधिक उपयोग लिने नमूनामा जोड दिनु पर्दछ ।
प्राकृतिक श्रोतको असुरक्षाले विस्थापन र जोखिम निम्त्याए जस्तै प्रभावकारी प्राकृतिक श्रोत व्यवस्थापनले द्वन्द्व समाधान र दिगो आर्थिक विकासमा सहयोग पु¥याउँछ । यस क्षेत्रमा वातावरणीय सुधार गर्न, ग्रामीण समुदायको उत्थानशीलता कायम राख्न, दिगो कृषि उत्पादन बढाउन र समुदायमा आधारित वातावरणीय व्यवस्थापन कायम राख्न थालिएका प्रयासले निकै आशावादी परिमाण देखाएका छन् ।
केन्यामा दिगो र समतामूलक भूउपयोग प्रबद्र्धन गर्न समुदायिक संरक्षण निर्माण गर्ने संस्था नर्दन रेन्जल्याण्ड ट्रष्टकै कुरा गरौँ । यो ट्रष्टले गाइवस्तु पाल्ने, खेती किसान गर्ने समुदायलाई वातारणका लागि प्रभावकारी शासन संयन्त्र निर्माण गर्न सहयोग गर्छ । यस्तो संयन्त्र विशेषगरी खडेरी परेका बेला चरन अधिकारलाई लिएर उत्पन्न हुने द्वन्द्व कम गर्न सहयोगी हुन्छ ।
थुप्रै समुदायका लागि यसका सदस्यको जमिन र वातावरणसँगको सम्बन्ध उनीहरुको परिचानसँग जोडिएको छ । शीपमूलक तालिमलगायत प्रभावकारी साशन पद्दति, योजना, खुला संवाद, श्रोत बाँडफाडको ढाँचा र प्रशस्त लगानीले नै यो सम्बन्धलाई प्रभावकारी वातावरणीय व्यवस्थापनमा परिणत गर्दछ र मजबुद र सुरक्षित समाज निर्माण गर्दछ ।
आधुनिक विश्व जटिल संकटको गहिराइमा फसिरहेको छ । तर एउटा कुरा स्पष्ट छ ः सबै स्वरुपका संकटमा वातावरण जोडिएको छ । स्वस्थ संसार रहे न समस्या समाधान गर्ने ठाउँ हुन्छ ।
(ग्यूलियो बोक्यालेटी प्रमुख द नेचर कन्जभ्र्यान्सेका प्रमुख रणनीतिक अधिकृत हुन् । (श्रोः प्रोजेट सिन्डिकेट÷रासस, अनुवाद—नारायणप्रसाद घिमिरे ।)

Loading...

यसमा तपाइको मत

Loading...
Loading...