अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चारको मृत्यु

न्युयोर्क । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । गोली चलाउने बन्दुकधारी पनि प्रहरी कारबाहीमा मारिएको अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् ।
घरायसी झगडाका कारण घटना भएको हुनसक्ने बताईएको छ । अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Loading...