किन अड्किन्छ कोलकतामा नेपाली कन्टेनर ? नेपालले अनाहकमा गुमाई रहेको छ करोडौं

काठमाडौ, २९ कात्तिक । तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान बोकेर आएका कन्टेनर भारतको कोलकतास्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ ।
नेपाल आएर खाली भई पुनः कोलकतामा पुगिसक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ ।
सोमबारसम्म नेपालका लागि चलान भईसकेका आठ सय ६३ कन्टेन यसमा छन् ।
नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकतामा अडेकिने समस्या दोहारिन थालेको दशक भईसकेको छ ।
यसबाट तेस्रो मुलुकसंगको व्यापारमा समस्या आएको मात्र छैन, बर्सेनि करोडौं रुपैयाँ नेपालले अनाहकमा गुमाईरहेको छ ।
आखिर किन अड्किन्छ कोलकतामा कन्टेनर ?

कोलकता बन्दरगाह
हिन्द महासागर अन्तर्गगत बंगालको खाडी भनिने समुन्द्रसंग जोडिएको गंगाको सबभन्दा बढी जलराशी भएको जलधारा हो हुगली नदी ।
यो नदी भारतीय उपमहाद्धिपका अरु नदीजस्तै प्राचीन समयदेखि नै डुंगामा समान ओसार परासका लागि प्रयोगमा थियो । नागरिकमा खबर छ।

यसमा तपाइको मत

Loading...