नक्कली सरकारी छापहरू किर्ते बनाउने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, २८ कात्तिक । नेपालको सरकारी छाप तथा बिभिन्न देशका भिसाहरू समेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी मुलका ट्रिनिडाड एण्ड टोबागोका नागरिक डेभिड लुइस सान्तनालाई काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले कात्तिक २४ गते पक्राउ गरेको छ ।
निजबाट मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल÷डिपार्चरको रवर स्टाम्प, एम्बेस्सी अफ द पिपुल्स रिपब्लिक अफ बंगलादेश काठमाडौंको रबर स्टाम्प लगायतका सामाग्रीहरु बरामद भएको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा किर्ते अपराध मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको मत

Loading...