युवाका ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्ने वातावरण तयार गरिने

पोखरा, २८ कात्तिक । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञबहादुर थापाले जनताका आवश्यकताका आधारमा विकास निर्माणलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

काँग्रेसले पोखराको लेखनाथ महानगरपालिका– २९ मा स्थापित चुनाव प्रचारप्रसार कार्यालयको आज उद्घाटन गर्दै उहाँले समाजको तल्लो तहबाटै विकास भएमा मात्र सर्वसाधारणले त्यसको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताउनुभयो ।

जनताको जीवनस्तर वृद्धि गर्ने खालका कार्यक्रमलाई काँग्रेसले अघि बढाउँदै आएको बताउँदै उहाँले युवालाई सिर्जनात्मक बनाउँदै उनीहरूका ज्ञान र सीपलाई स्वदेशमा नै उपयोग गर्ने वातावरण तयार गरिने विश्वास दिलाउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं १ प्रदेश(क)का उम्मेदवार जीवन परियारले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त संविधान र लोकतन्त्रको रक्षा एवं समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । रासस

यसमा तपाइको मत

Loading...