इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा एक सय बढीको मृत्यु

इराक । इरान र इराकको सीमा क्षेत्रमागएको शक्तिशालीभूकम्पमा परी कम्तिमा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
इराकको कुर्दशहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ ।
भूकम्पगएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेका छन् । इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Loading...