पानी पिउँदा ध्यान दिनुस्, यस्ता रोग लाग्नबाट बच्नुस्

शरीरमा पर्याप्त पानी आपुर्ति हुन सकेन भने कयौ प्रकारका शारीरिक क्रियाहरु संचालनमा समस्या आउने गर्दछ । तर, पाउनी पिउने पनि एउटा तरिका हुन्छ ।
हामीमध्ये धेरैले उभिएर पानी पिाउने गर्दछौ । तर, स्वास्थ्यका लागि यो तरिका सतप्रतिशत गलत हो । आयुर्वेदका अनुसार उभिएर पानी पिउँदा मृगौलासम्बन्धी समस्या र अर्थराइटिसजस्ता रोग पनि लाग्न सक्दछ।
पाचनसम्बन्धी रोग
जब हामी उभिएर पानी पिउँछौ तब पानीको तिब्र धाराका साथ फुड पाइपको माध्यमबाट तिब्रताका साथ तल जाने गर्दछ । जसका कारण पेटका भित्ताहरु र वरपरका अंगमा चोट लाग्ने गर्दछ । यस्तो पटकपट भएको खण्डमा पाचन प्रणालीको फंक्शनिङ्ग प्रभावित हुने गर्दछ ।
अर्थराइटिस
उभिएर पानी पिउँदा शरीरका जोड्नीहरुमा रहेका तरल पदार्थको सन्तुलन बिग्रने गर्दछ, जसका कारण अर्थराइटिसको समस्या उत्पन्न हुने गर्दछ ।
मृगौलासम्बन्धी समस्या
जब हामी उभिएर पानी पिउँछौ तब पानी मृगौला सफा नगरी सिधैं बग्ने गर्दछ । यसबाट मृगौला र मुत्राशयमा फोहोर रहने गर्दछ, जसबाट मूत्रमार्गमा संक्रमण वा फेरि मृगौलासम्बन्धी रोग लाग्ने सम्भावना बढ्ने गर्दछ ।

यसमा तपाइको मत

Loading...