‘कान्छी’को पहिलो गीत सार्वजनिक, सामाजिक संजालमा भयो भाइरल

दयाहाङ राई र श्वेता खड्का अभिनीत नेपाली चलचित्र ‘कान्छी’को गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक गरिएको हो ।हिजो मात्रै सार्वजनिक भएको यो गीत अहिले समिजिक संजालमा भाइरल बन्न पुगेको छ ।उक्त गीतमा राजनराज शिवाकोटीको शब्द, स्वर तथा संगीत रहेको छ भने अञ्जु पन्तले गायनमा साथ दिएकी छन् ।बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरु देखिएका छन् । चलचित्रको निर्देशक भने आकाश अधिकारी हुन् ।श्वेता आँफैले निर्माण गरेको चलचित्र कान्छी माघ २६ गते रिलीज हुँदैछ ।

यसमा तपाइको मत

Loading...