भिजिट भिषामा युएइ आएका नेपाली भन्छन : दलालका कारण बन्धक बनिरहेका छौ

राम्रो काम र धेरै तलब दिलाउने दलालको आस्वासनमा भिजिट भिषामा २० दिन अगाडी युएइ आएका नबलपरासीका टिकाराम बास्तोला नाम परिबर्तन अहिले राम्रो तलब भन्दा नी काम चाहिरहेको बताउछन ।
दलालको प्रलोभनमा परेर ३ लाख रुपैया तिरी धेरै पैसा कमाउने उदेश्य बोकेर आएका टिकाराम (नाम परिबर्तन)को सपना त्यो बेला रितियो जुन वेला दलालले दिन्हु अन्तरबार्ता लागी भन्दै डुलाउन थाले ।
नेपालबाट सेटीङ्ग मिलाउने दलालले युएइ गएको २ दिन भित्र भनेजस्तो काममा लगाइदिने बताएतापनी याहा आएपछी यताको दलालले यताउता भन्दै भिजिट भिषाको म्याद समेत गुजार्न लागेको उन्ले बताए ।
एक महिनाको भिजिट भिषामा आफुसगै आएका  अन्य ७ जना साथीहरुको पनि आफ्नो जस्तै ब्यथा रहेको बताउदै उनी भन्छन -”  कतिपय साथीहरु हाउस किपिङ्ग क्लिनरमा काम गर्न लागेका छन ,बरु मर्नु भन्दा बौलाउनु नै ठिक लागेर साथीहरुले तल्लो स्तरको काम समेत गर्न लाग्नु भएको छ ।”
टिकाराम बास्तोलाको जस्तै धेरै जनाको बढी पैसा कमाउने उदेश्य युएइका विभिन्न सहरमा दलालको गोजिभित्र अपहरणमा परिरहेको छ् ।

आफुहरुले दलाललाइ दिएको पैसाको ऋण तिर्नकै लागी भएपनी ऋण चुक्ता नहुन्जेल  उक्त अबधीसम्म युएइका विभिन्न सहरमा बन्धकको जस्तै जिन्दगी बिताइरहेको भिजिट भिषामा आएर काम गरिरहेका केही नेपालीहरु बताउछन ।

युएइमा रहेका दलालहरुको काम खोज्ने प्रक्रिया

युएइमै बसेर दलाल काम गरिरहेका कन्चनपुर महेन्द्रनगर घर बताउने तारा भाट यतै बसेर नेपालमा रहेको आफ्नो मेनपावरमा डिमाण्ड पठाउने र भिजिट भिषामा ल्याएर काममा लगाइदिने गरेको बताउछन ।

धुम्बराहीमा रहेको आफ्नो टाइगर मेनपावरका लागी डिमाण्ड खोजिरहेको बताउने भाटले धेरै जसोलाइ नेपालबाट ल्याएर नै काममा लगाइ केही कमिसन लिने गरेको समेत स्विकार गरे ।

नेपालबाट आफ्ना साथीहरुले पठाएकाहरुलाइ एयपोर्टमै पुगेर पिक अप गरी राम्रो खाना, बस्नको ब्यवस्था पनि काम नपाउन्जेल आफुहरुले नै गर्ने गरेको उन्को भनाइ छ ।

अचम्म लाग्दो बिषय त के छ भने उनिहरुले नेपालबाट भिजिट भिषामा ल्याएका नेपालीहरुलाइ अन्तरबार्ता गराउने लैजाने ठाउको कुनै राम्रो चिनजान समेत हुदैन । तर अन्तरबार्तामा पास भैसकेपछी कम्पनीले कमिसन माग्ने भन्दै थप पैसा समेत लिने गरेको पिडितहरुको गुनासो छ ।

भाट अन्तरबार्तामा लैजाने कम्पनीसग कुनै राम्रो सम्बन्ध नहुने स्विकार्दै भन्छन-” के गर्ने यो पनि काम नै त हो । स्वदेशमा बेरोजगारी भएर बस्नु भन्दा त याहा आएर सानोतिनो काम गर्नु नै बेरोजगारको पीडा भोगीरहेकाहरुका लागी ठूलो कुरा हुन्छ त्यसैले काम खोज्न हाम्रो कुनै समाजसेवा हैन । हामीले लिने पारिश्रमिक हो ।”
भाट त एक प्रतिनिधि पात्र मात्र हुन उन्को जस्तै रबैया अपनाएर पैसा कमाउने गिरोहहरुको ठूलो सन्जाल नै युएइ सकृय भएको पाइएको छ ।

नेपालबाटै लाखौ पैसा असुली ,सेटीङ्ग मिलाएर पठाउने दलालहरुको गहिरो प्रलोभनका कारण दिनदिनै कयौ नेपालीहरुले भिजिट भिषामा आउन बाध्य भएको पनि स्वयम् पिडितहरुको बुझाइ रहेको छ ।

नेपालबाट दलालले याहा भने जस्तो काम नदिएपछी  कतिपय त्यतिकै फर्कनु समेत परेको भिजिट भिषामा आएका नेपालीहरुको भनाइ रहेको छ ।
नेपालबाट दलाललाइ ३ लाख भन्दा बढी बुझाएर आएतापनी फर्कने बेलामा यति खर्च भयो उति खर्च भयो भन्दै  ८० % पैसा  सकिएको बताउदै दिएको पैसा समेत फिर्ता गर्न आनाकानी गर्ने गरेको भिजिट भिषामा आएर फर्किएका रसुवाका एक जना युबाले नाम नखुलाउने सर्तमा बताए ।
आफ्नो पैसा दलालबाट नउठेसम्म कतै उजुरी गर्न समेत डर भएको बताउदै उनी भन्छन -” दलाल मात्र हैन आफू पनि यसरी जादा अबैधानिक बनिदो रहेछ् त्यसैले आफ्नो पैसा डुब्ने र आफुले पनि कानुनी सजाय पाउन सक्ने डरको कारण म सगै गएका १० जना साथीहरु समेत चुप लागेर बस्न बाध्य बनेका छौ । “

कसरी भिजिट भिसाको नाममा ठ्गी मौलाइरहेको छ ?

स्वदेशमा रोजगारको कुनै अबसर नभएपछी बैदेशिक रोजगारलाइ नै मुख्य प्राथामिकता राखेका कयौ नेपालीहरुले विभिन्न मेनपावर एजेन्सीहरुमा आबेदन दिएका हुन्छन । लामो समय सम्म पनि भिसा प्राप्त नभएपछी धर्य गर्न नसक्नाले भिजिट भिसामा ठोकिनु परेको एक जना मेनपावर ब्यबसायीको भनाइ रहेको छ ।

छिटो पैसा कमाउने उदेश्यले पनि भिजिट भिषाका नाममा दलालबाट दिनदिनै ठगिरहेको देखीन्छ ।

यसरी ठगिनेमा युबा मात्र हैन युबतिहरु समेत प्रसस्त छन । पढेलेखेका युबतीहरुलाइ प्रलोभनमा नै पारेर भनेजस्तो काममा नलगाएपछी कतिपय युबतीहरु फरक बाटो समेत रोज्न बाध्य छन ।

सिन्धुपाल्चोक घर बताउने समिता नाम परिबर्तन भन्छिन -:”जब म १ बर्ष अगाडी दलालको गुलियो गफ सुनेर युएइ आए तब मात्र थाहा भयो म भिजिट भिषाको नाममा ठगिइएको रहेछु ।  आफुले भनेजस्तो काम नपाएपछी म अती मानसिक तनाबमा थिए । ऋणको पिडाले पनि मलाइ धेरै पोलिरहेको थियो । अन्ततः एक नेपालीकै सयोगमा म यो होटेलमा काम गरिरहेको छु ।”

युएइ सरकारको कानुन बिपरित भएपनी सहरका कतिपय ठाउँ यौन बजारको रुपमा समेत चर्चित छन । अनि नेपाली युबतीहरु बङगाली तथा पाकिस्थानी नागरिकको उक्त बजार भित्र रोजाइ बन्ने गर्दछन ।
एक जना बङगाली नागरिक मुहमबद मुस्ताफा भन्छन -“त्याहा नेपाली युबतीहरु सबै भन्दा राम्रा छन । म हरेक हप्ता त्याहा जाने गर्दछु अनि नेपाली सगै मिलेर आउछु ।”

सरकारको बेवास्ताले दलालको मनोबल उच्च

केही समय अगाडी प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड युएइ भ्रमणको समयमा समेत युएइमा रहेका नेपालीहरुले भिजिट भिषा र दलालको बिषयमा ध्यानाकर्षण समेत  गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल जानासाथ दलाल र सेटीङ्ग मिलाउन सयोग गर्ने कर्मचारीलाइ नछाड्ने बताएतपनी कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन बरु दलाल र कर्मचारीहरुले उच्च आत्मबलको साथ काम गरिरहेको देखिन्छ ।

यता बैदेशिक रोजगारका सम्स्याबारे साबधानका लागी धेरै आन्तरिक गृहकार्य गरिरहेको श्रम मन्त्रालयले बताएको छ ।  बैदेशिक रोजगारमा रहेका बिध्यमान बिकृतीहरु केलाउदै आन्तरिकरुपमा प्रक्रियामा लागी  परिरहेको स्रोतको भनाइ छ ।

त्यसैगरी सृङ्खलाबद्दरुपमा भिजिट भिषाको नाममा ठगीका घट्नाहरु बाहिर आइरहदा समेत युबयुबतीमा देखिएको बेवास्ताका कारण घट्ना दोहोरिरहेको बिज्ञहरुको भनाइ रहेको छ ।

मेनपावर र दलालको दोहोरो मारले खाडीको बसाइ लम्बिने

अघिल्लो सरकारले फ्री भिषा फ्री टिकटको घोषणा गरीसकेको भएतापनी मेनपावरको उच्च पैसा असुल्ने कार्य यथावत नै छ ।
सामान्य कामका लागी पनि १ लाख देखीमाथी जुनसुकै खाडी मुलुक जानका लागी दिनुपर्ने बैदेशिक रोजगारमा जाँदै गरेका र गैसकेकाहरुको भनाइ छ ।
सिरा सुरक्षा गार्डमा आउनका लागी मात्र लगभग ३ लाख हरेकले बुझाउदै आएको १५ दिन अगाडीमात्र सिरा सुरक्षा गार्डका लागी आएका झापाका एक जना युबाले बताए ।
त्यसैगरी काम हेरेर भिषाअनुसार उच्च पैसा असुल्दै आएको कामदारहरुले बताउदै आएका छन ।

माथी उल्लेख गरिएका ताराभाटले समेत एक जनाबाट कम्तिमा सुरक्षा गार्डको लागी मेनपावरले १ लाख नाफा राख्ने गरेको पङ्क्तिकारसगको भेटमा स्विकार गरेका छन ।

समाजसास्त्रीहरुको अनुसार प्रदेशमा आत्महत्याको केही कारण दलाल र मेनपावर नै हुन ।  चर्को ब्याज ,साहुको कचकच, पारिवारिक तनाबले भबिष्यमा सोचिने सक्तीको मृत्यु भएपछी अन्तिम बाटो आत्महत्यालाइ अगाल्ने उनिहरुको बिश्लेशन छ ।
लामो समय सम्म प्रदेशमा नै बस्नु पर्ने बाध्यता पनि यसैको कारण सिर्जना भएको देखिन्छ ।

विशाल बस्नेत/युएइ

यसमा तपाइको मत

Loading...