सुपरस्टार रेखाको नेपाली फिल्म ‘रुद्रप्रिया’ सामु हिन्दि फिल्म ‘सिक्रेट सुपर स्टार’ र ‘गोल्माल’ फिक्का

 कार्तिक, काठमाडौँ : लक्ष्मि पुजाको दिनदेखि देशैभर एकसाथ प्रर्दशनमा आएको सुपरस्टार रेखा थापाको नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’लाई दर्शकले खुब रुचाएका छन् ।

चावहिल स्थिति गोपिकृष्ण चलचित्रका तिनवटा हल दर्शकहरुको भरिभराउ थियो । आज भाईटिकाको दिनमा पनि चलचित्र ‘रुद्रप्रिया’ले यसरी दर्शक पाएको देख्दा यस चलचित्रलाई दर्शकले मज्जाले रुचाएका छन् भन्न कुनै संकोच मान्नु पर्दैन।

दर्शकहरुले रेखा र आर्यानको क्यामिष्ट्रक खुब जमेको प्रतिक्रिया दिएका छन् । प्राय दर्शकहरुले नायिका थापा र नायक आर्यन सिग्देलबीचको ८ वर्षिय बिछोड पछिको मिलनलाई महत्वका साथ लिएको बुझिन्छ।

चलदचित्रमा समावेस गरिएको सन्दर्भ र सन्देशलाई दर्शकहरुले वेह दभनेका छन् । चलचित्र हेर्नेहरुको भिड छ, रेखालाई मान्नै पर्छ, आर्यान र रेखाको जोडि मिलेको छ, रुद्रप्रिया २ को लागि कथाको अन्त्य बाँकि राखेको होकि भन्ने खालका प्रतिक्रिया दिएका छन् ।

त्यस्तै चलचित्र हर्नको लागि हालसालै निर्वाचित एनआरएनएका पदाधिकारीहरु विभिन्न हलमा पुगेका छन्। रमाईलो पक्ष त के छ भने, सुपर स्टार रेखा थापाको ‘रुद्रप्रिया’को अगाढि आमिर खानको ‘सिक्रेट सुपर स्टार’ अजय देवगानको ‘गोल्माल ४’ लाई विस्थापित गरेको छ ।

यसलाई आधार मान्ने हो भने सुपर स्टार रेखा थापाको सामु ‘गोल्माल’ र ‘सिक्रेट सुपर स्टार’ फिक्का भएको सहज अनुमान लगाउन सकिन्छ । अन्य केही नेपाली चलचित्रहरु राम्रैसित प्रभावित भएको अनुमान गर्न सकिन्छ । रिपोर्टर्सनेपालसँगको कुराकानीमा नायिका रेखा थापाले रुद्रप्रिया २ को कुनै पनि तयारी र कथा बाँकि नरहेको स्पष्ट पारेकी छिन।

यसमा तपाइको मत

Loading...