तिहारको अवसरमा आजबाट हल-हलमा ‘रानी र ‘रुद्रप्रिया’

आज बिहिबार लक्ष्मीपुजाको अवसर पारेर सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा सुदीप बोबी भुपाल सिंह निर्देशित ‘रुद्रप्रिया’ र दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘रानी’रहेको छ।रुद्रप्रियाका निर्माता रमेस एमके पौडेल र सरस्वती थापा हुन ।चलचित्र रुद्रप्रियामा रेखा थापा ,आर्यन सिग्देल ,रञ्जन इशान लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र रानीलाई बिमल मन गुभाजुले निर्माण गरेका हु्न् । चलचित्रमा मलिना जोशी , अनुप बिक्रम शाह , मनिष सुन्दर श्रेष्ठ, सरुक ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ । बिना कुनै प्रमोसन मैदानमा उर्तिएको यी चलचित्रहरुले कस्तो व्यापार गर्ने हो ? त्यो थाहा पाउन केही समय कुर्नु पर्ने छ ।

यसमा तपाइको मत

Loading...